३१ भदौ २०८३, बुधबार
Wed, Sep 16, 2026
SUBSCRIPTION

स्वर्गिय पत्रकार वसन्त प्रकाश उपाध्यायको परिवारलाई सहयोग गर्न नेजाको आह्वान

स्वर्गिय पत्रकार वसन्त प्रकाश उपाध्यायको परिवारलाई सहयोग गर्न नेजाको आह्वान

अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले गोरखापत्र संस्थानका पूर्व सम्पादक तथा वरिष्ठ पत्रकार स्वर्गिय वसन्त प्रकाश उपाध्यायको परिवारका लागि आर्थिक सहयोग गर्न आव्हान गरेको छ । ५८ वर्षको उमेरमा उपाध्यायको असामयिक निधन भएपछि उनको परिवार गहिरो शोकसँगै गम्भीर आर्थिक संकटमा परेकाले नेजाले परिवारको लागि गो फन्डमी मार्फत आर्थिक सहयोग अभियान थालेको हो। नेजाले एक हजार डलर सहयोग गरेको छ ।

उपाध्याय परिवारको यो कठिन परिस्थितिमा राहत पुर्याउन भानु नगरपालिका, तनहुँ अन्तर्राष्ट्रिय समाज, तनहुँ समाज अमेरिका तथा अमेरिकामा रहेका उनका आफन्तहरूले नेजालाई आर्थिक सहयोगका लागि अनुरोध गरेपछि नेजाले आर्थिक सहयोग संकलन अभियान शुरु गरेको नेजाका महासचिव इश्वरी न्यौपाने जानकारी दिए ।

नेजाका अध्यक्ष सुरज भण्डारीले दुःख र आर्थिक संकटको यस कठिन घडीमा आफ्नो क्षमता अनुसार सहयोग गरी उपाध्याय परिवारलाई केही राहत र सहारा प्रदान गरिदिनु हुन अनुरोध गरेका छन् । अध्यक्ष भण्डारीले भने, तपाईंले दिनुभएको सानो वा ठूलो हरेक सहयोगले यस शोकाकुल परिवारलाई ठूलो सहारा दिने छ। उपाध्यायको अप्रत्याशित निधनपछि परिवारको नियमित आम्दानीको मुख्य आधार नै गुमेको छ। उनको परिवारमा ९४ बर्षिय बुवा छन्, जसको निरन्तर हेरचाह आवश्यक छ। यस्तै स्व. स्व. उपाध्यायका श्रीमती मृगौलाको गम्भीर समस्याका कारण थलिएकी छन् र उनलाई निरन्तर उपचारको लागि आर्थिक खाँचो छ।

यसैगरी, उनका किशोरावस्थाका एक छोरा र एक छोरी अध्ययनरत छन्। भर्खरै उच्च शिक्षाको यात्रा सुरु गरेका उनीहरूको पढाइ, लालनपालन र दैनिक घर खर्च चलाउन समेत अहिले परिवारलाई कठिन भइरहेको छ।

महासचिव न्यौपानेले सीधा आर्थिक सहयोग गर्न सम्भव नभए पनि अभियानलाई आफ्नो परिवार, साथीभाइ तथा समुदायमा शेयर गरेर सहयोग पुर्याउन अपिल गरेका छन् । संकलित सहयोग रकम ९४ वर्षीय बुवाको हेरचाह, श्रीमतीको उपचार, दैनिक जीवनयापन र बालबालिकाको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले अभियान शुरु थरेको नेजाले जनाएको छ। गो फन्डमी मार्फत सहयोग गर्नका तलको लिंकमा क्लिक गर्नुहोस्। 

https://www.gofundme.com/f/a-helping-hand-for-basanta-prakash-upadhyays-family?attribution_id=sl:bcb9faf9-d54a-4b5a-abad-3a602dd1fc12&lang=en_US&ts=1789432044&utm_campaign=man_sharesheet_dash&utm_content=amp30-treatment-6&utm_medium=customer&utm_source=copy_link&fbclid=IwRlRTSAUW2gZwZG9mBWZkaWQWUOiL18I3nUoD-dEcBHm3D44JuSea82V4dG4DYWVtAjExAHNydGMGYXBwX2lkCjY2Mjg1NjgzNzkAAR5dMJHiB_PunX2CeRV6Wny6svRKus0NEvXO3n5UBg-n3ERVuDQCeAW9Kj6LPg_aem_d-MlnuKfRGwKGwRgJp1kUg

प्रतिक्रिया