२६ कात्तिक २०८३, बुधबार
Wed, Nov 11, 2026
SUBSCRIPTION

अमेरिकाका विभिन्न राज्यका राज्यसभामा पाँच नेपाली चुनाबी मैदानमा

न्यूयोर्क, न्यू ह्याम्सर र मेरिल्याण्ड राज्यका जिल्लाहरुमा चुनाबमा होमिएका उनीहरुले विजयी हासिल गर्ने विश्वास समेत व्यक्त गरेका छन् । डेमोक्रेटिक पार्टीबाट उम्मेद्धार रहेका पाँचै जना उम्मेद्धारहरुले पार्टीको आन्तरिक चुनाबमा आ आफ्नो प्रतिद्धन्दीलाई पराजीत गर्दै राष्ट्रिय निर्वाचनमा प्रतिस्पर्धामा उत्रेका हुन् ।
अमेरिकाका विभिन्न राज्यका राज्यसभामा पाँच नेपाली चुनाबी मैदानमा


न्यूयोर्क । अमेरिकामा आज भइरहेको मध्यावधि निर्वाचन अन्तर्गत विभिन्न राज्यका राज्यसभा सदस्यका लागि पाँच जना नेपाली अमेरिकन उम्मेद्धारहरुले प्रतिस्पर्धा गरिरहेका छन् । न्यूयोर्क, न्यू ह्याम्सर र मेरिल्याण्ड राज्यका जिल्लाहरुमा चुनाबमा होमिएका उनीहरुले विजयी हासिल गर्ने विश्वास समेत व्यक्त गरेका छन् । डेमोक्रेटिक पार्टीबाट उम्मेद्धार रहेका पाँचै जना उम्मेद्धारहरुले पार्टीको आन्तरिक चुनाबमा आ आफ्नो प्रतिद्धन्दीलाई पराजीत गर्दै राष्ट्रिय निर्वाचनमा प्रतिस्पर्धामा उत्रेका हुन् । 
राज्यसभामा उम्मेद्धार हुनेहरुमा हाउस अफ डेलिगेट्सका लागि मेरिल्यान्ड राज्यमा ह्यारी भण्डारी र सतीश चापागाईं चुनाबी मैदानमा छन् । यस्तै  न्यु ह्याम्पसायर राज्यमा स्टेट रिप्रेजेन्टेटिभ्सका लागि विश्वबहादुर शाह र रिकी गुरुङ प्रतिस्पर्धामा छन् । यस्तै न्युयोर्क राज्यको हड्सन भ्याली काउन्टीको डिस्ट्रिक्ट ‘१०३’ बाट एसेम्बली मेम्बरका लागिसराहना श्रेष्ठ पुनः चुनावी मैदानमा उत्रिएका छन् ।

भण्डारी मेरिल्यान्ड राज्यको बाल्टीमोर काउन्टी अन्तर्गत डिस्ट्रिक्ट ‘८’ र चापागाईं डिस्ट्रिक्ट ‘७ ए’ को हाउस अफ डेलिगेट्समा प्रतिस्पर्धा गरिहेका छन् । दुवैजना गत जुन २३ मा भएको डेमोक्रेटिक पार्टीको प्राइमरी इलेक्सनबाट आफ्ना प्रतिस्पर्धीहरुलाई पछि पार्दै चुनिएका थिए । भण्डारी आफ्नै निर्वाचन क्षेत्रमा तेस्रो पटक जीतको लागि मैदानमा छन् भने चापगाँई पहिलो पटक चुनाबी मैदानमा उत्रेका हुन् । चापगाँईको क्षेत्रमा यसअघि रिपब्लिकन पार्टीले जित्दै आएपनि स्थानीय क्षेत्रमा उनको लोकप्रियताका कारण यसपटक डेमोक्रेट पार्टीले जीत हासिल गर्ने वातबरण बनेको चापगाँइले बताएका छन् । 
भण्डारी भने पहिलो पटक २०१८ र दोस्रो पटक २०२२ मा मेरिल्यान्ड राज्यको डिस्ट्रिक्ट ‘८’ बाटै हाउस अफ डेलिगेट्समा निर्वाचित भएका थिए । उनी अमेरिकाको राज्यसभाको जनप्रतिनिधि बनेको पहिलो नेपाली मुलका हुन् ।
यस्तै पत्रकारिता क्षेत्रबाट आफ्नो करिअर सुरु गरेका सतीश चापागाईं स्थानीय समुदायमाझ भिजेका उम्मेद्धार हुन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकारसमेत रहेका उनी हाल डेमोक्रेटिक पार्टीको राज्य समितिको केन्द्रीय सदस्यका रूपमा क्रियाशील छन् । 
यस्तै न्यूयोर्क राज्यको हड्सन भ्याली काउन्टी अन्तर्गत डिस्ट्रिक्ट ‘१०३’ बाट डेमोक्रेटिक पार्टीबाट एसेम्बली मेम्बर उम्मेद्धार रहेकी सराहना श्रेष्ठ दोस्रो पटक जीत हासिल गर्ने उदेश्यसहीत मैदानमा उत्रेका छन् । उनले यसअघि २०२२ मा सोही क्षेत्रबाट चुनाब जितेकी थिइन् ।  सन् २००१ तिर विद्यार्थीका रूपमा अमेरिका आएकी सराहना अमेरिकाको राज्यसभा सदस्य बन्ने पहिलो नेपाली महिला हुन् । नेपाली समुदायको बसोबास समेत नरहेको सो क्षेत्रमा उनले स्थानीय समुदायमाझ विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहदै मूलधारको राजनीतिमा सफलता हात पारेकी हुन् । उनी अमेरिकन नागरिकसंग विबाहीत हुन् । सस्तो आवास, जलवायु नीति, स्वास्थ्य सेवा, सार्वजनिक शिक्षा, कामदार सुरक्षा र बाल हेरचाह लगायत आफ्नो प्रमुख मुद्दाहरु रहेको उनी बताउछिन् ।

अमेरिकाको मूलधारको राजनीतिमा नेपाली अमेरिकन समुदाय अघि बढ्ने क्रममा यसपटक न्यू ह्याम्पसायर राज्य पनि अगाडि देखा परेको छ । राज्यको हिल्सबरो काउन्टीको डिस्ट्रिक्ट ‘४१’ बाट नेपाली समुदायका अगुवा विश्वबहादुर शाह स्टेट रिप्रेजेन्टेटिभ्सका लागि उम्मेदवार बनेका छन् । उनको निर्वाचन क्षेत्र यसअघि पनि डेमोक्रेट पार्टीका प्रतिनिधिले निर्वाचन जित्दै आउको क्षेत्र हो । सो क्षेत्रमा स्थानीय समुदाय र नेपाली समुदायको पनि आफुलाई सहयोग रहेकोले जीत सुनिश्चित जस्तै रहेको शाह बताउछन् । 
यसैगरी न्यू ह्याम्पसायर राज्यकै मेरिम्याक डिस्ट्रिक १० बाट पहिलो पटक स्टेट रिप्रेजेन्टेटिभ्सका लागि रिकी गुरुङ चुनाबी मैदानमा छन् । सो क्षेत्रमा रिपब्लिकन पार्टीले जित्दै आएको भएपनि डेमोक्रेटिक पार्टीको प्राइमरी चुनाबमा लोकप्रिय मतकासाथ विजयी भएकोले यसपटक आफुले विजय हासिल गर्ने वातबरण निर्माण भएको गुरुङको दावी छ । न्यू ह्याम्पसायर राज्यमा शाह र गुरुङ दुवै जना पहिलो पटक स्टेट रिप्रेजेन्टेटिभ्सका लागि उम्मेदवार बनेका हुन् । पछिल्ला वर्षहरुमा अमेरिकामा बसोबास गर्ने नेपालीको संख्या बढ्दै गइरहेको बेला यहाँका मूलधारको राजनीतिमा संलग्नता पनि विस्तारै बढीरहेको छ । संघीय संसदमा नेपाली अमेरिकनहरुको उपस्थिति नरहे पनि राज्यसभामा भने विस्तारै संख्याहरु देखिदै गइरहेको छ । यस्तै सिटी र काउन्टीहरुमा पनि आधा दर्जनभन्दा बढी निर्वाचित जनप्रतिनिधि भएर सक्रिय रहदै आएका छन् । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा करिब १ लाख नेपालीहरु मतदान गर्न योग्य रहेका छन् । 

प्रतिक्रिया