न्यू योर्क। नेपाली जनसम्पर्क समिति, अमेरिकाले रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारहरूको सहयोगार्थ सञ्चालन गरेको आर्थिक राहत संकलन अभियान अन्तर्गत एक करोड एक करोड पाँच लाख तेत्तीस हजार नौ सय चवालीस रुपैयाँ) संकलन गरेको छ । समितिका सभापति मुनिन्द्र नेम्बाङले नेपाली कांग्रेस केन्द्रिय कार्यालयको निर्देशानुसार सञ्चालन गरिएको अभियानबाट समितिले १,०५,३३,९४४ रुपैयाँ (एक करोड पाँच लाख तेत्तीस हजार नौ सय चौवालीस रुपैयाँ) राहत रकम संकलन गरेको जानकारी दिए ।संकलित रकम नेपाली कांग्रेस विपद् व्यवस्थापन कोष मार्फत नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक मुष्ट रूपमा जम्मा गरिएको सभापति नेम्बाङले जानकारी दिए ।
राहत संकलन अभियानलाई व्यवस्थित बनाउन समितिका वरिष्ठ उपसभापति विनोद भट्टको संयोजकत्वमा महामन्त्री नारायण खनाल, कोषाध्यक्ष नारायण पोख्रेल, युवा मामिला उपसभापति महेन्द्र बस्नेत र सदस्य हरि खनाल लगायतको टोलीले महत्वपूर्ण भूमिका निर्वाह गरेको समितिले जनाएको छ। राहत संकलन अभियान सफल बनाउन नेपाली जनसम्पर्क समिति अमेरिका र समितिका विभिन्न राज्यमा रहेकाका १८ वटा च्याप्टरका समितिहरूले आर्थिक संकलन गरेका थिए । समितिले संस्थामा आवद्ध सदस्यहरू, शुभेच्छुक तथा कांग्रेसजनबाट मात्र स्वेच्छिक रूपमा आर्थिक सहयोग गर्न समितिले केही दिन अघि बिज्ञप्ति मार्फत अनुरोध गरेका थिए। सभापति नेम्बाङले राहत संकलन अभियान सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्ने सम्पूर्ण च्याप्टर समिति, केन्द्रीय कार्यसमितिका पदाधिकारीहरु, सदस्यहरू र सहयोगी दाताहरूप्रति कृतज्ञता व्यक्त गरेका छन् । राष्ट्रिय विपत्तिको कठिन घडीमा नेपाली समुदायले देखाएको मानविय संवेदना, सद्भाव, सहयोग र एकता महत्वपूर्ण रहेको उल्लेख गर्दै सभापति नेम्बाङले, अभियानलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न योगदान पुर्याउने सबैप्रति आभार व्यक्त गरेका छन् ।






प्रतिक्रिया