२६ वैशाख २०८३, शनिबार
Sat, May 9, 2026
SUBSCRIPTION

नेजाको १९ औं साधारण सभा सम्पन्न, पत्रकारहरुलाई अझ सक्रिय भएर लाग्न समुदाय अगुवाहरुको आग्रह

साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अमेरिकाका लागि नेपाली कार्यवाहक राजदुत शरदराज आरणले नेपाली डायस्पोरा नेपालको शक्ति रहेको बताउँदै नेपाल र नेपाली डायस्पोरालाई जोड्न संचारकर्मीहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।
नेजाको १९ औं साधारण सभा सम्पन्न, पत्रकारहरुलाई अझ सक्रिय भएर लाग्न समुदाय अगुवाहरुको आग्रह

बाल्टिमोर । नेपाल अमेरिका पत्रकार संघ(नेजा)को १९ औं साधारण सभा मेरिल्याण्डको बाल्टिमोरमा सम्पन्न भएको छ। साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अमेरिकाका लागि नेपाली कार्यवाहक राजदुत शरदराज आरणले नेपाली डायस्पोरा नेपालको शक्ति रहेको बताउँदै नेपाल र नेपाली डायस्पोरालाई जोड्न संचारकर्मीहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।

कार्यवाहक राजदूत आरणले अमेरिकामा नेपाली समुदायको संख्या बढ्दै जाँदा अवसर र चुनौतिहरु पनि बढीरहेकोले संचारकर्मीहरुले अझ सक्रिय भएर लाग्नुपर्ने बताए । कार्यवाहक राजदुत आरणले नेपाली पत्रकारहरुले नेपाललाई राम्रोसंग भोगेर आएको र अमेरिका पनि राम्रो संग बुझ्ने मौका पाइरहेकाले नेपालको आर्थिक समाजिक विकास र सुशासनलाई प्रभावकारी बनाउनको लागि के गर्दा राम्रो हुन्छ भनेर संचारकर्ममार्फत योगदान दिन सकिने विश्वास व्यक्त गरे । अमेरिकाबाट संचालन हुने संचारमाध्यमहरुले दुताबासको गतिविधिहरु संप्रेशन गर्न समेत महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको भन्दै उनले प्रशंसा गरे । 

नेपालमा लामो समयपछि अहिले स्थिर सरकार गठन भएको छ । सरकारको मुल लक्ष्यको रुपमा रहेको सुशासन, आर्थिक रुपान्तरण र प्रभावकारी सेवा प्रवाहको बारेमा संचारकर्मीहरुले पनि महत्वपूर्ण भुमिका खेल्न सकिनेछ, कार्यबहाक राजदूत आरणले भने । 
सरकारले गैर आवसीय नेपाली नागरिकताको बारेमा प्रारम्भिक मस्यौदा ल्याएकोमा विभिन्न प्रतिक्रियाहरु आइरहेको चर्चागर्दै यो छलफलको लागि मात्र आएको र चिन्ता गरिहाल्नुपर्ने अबस्था भएको बताए । यो नै अन्तिम हैन, अहिले यसमा वर्कआउट भइरहेको छ, यसमा देखिएको कमजोरीहरुको बारेमा गैरआवसीय नेपालीहरुले चनाखो भएर समयमै सुझाबहरु दिइनु पर्दछ । के गर्दा विदेशमा रहेका नेपालीहरुलाई स्वदेशसंग जोड्न सकिन्छ भनेर सुझाब दिनुपर्दछ, कार्यबहाक राजदूत आरणले भने । 

कार्यक्रममा मेरिल्याण्ड राज्यका स्टेट डेलिगेट्स तथा मेरिल्याण्ड एसियन अमेरिकन एण्ड प्यासिफिक आईल्याण्डरका अध्यक्ष ह्यारी भण्डारीले समुदायको सशक्तिकरणको लागि पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेको बताए । डेलिगेट्स भण्डारीले पत्रकारहरुको सहयोगले गर्दा नै आफुले प्रस्ताव गरेको कानूनका मस्यौदाहरु संसदबाट पास हुन सफल भएको समेत उल्लेख गरे । अमेरिकामा रहेर समुदायको हितको लागि कामहरु गर्न अफ्ठ्यारो गारो भए पनि समुदायको हितको लागि आफ्नो संचारकर्मलाई निरन्तरता दिन आग्रह गरे । 

अमेरिकामा रहेर जुनसुकै भुमिका र जिम्मेवारीमा रहेपनि हाम्रो आधारभूत पहिचान नेपाली नै भएको उल्लेख गर्दै भण्डारीले नेपाली अमेरिकनहरुलाई दोहोरो नागरिकता दिदा नेपाललाई कुनै खतरा छैन भन्ने महशुस गराउन संचारमाध्यमहरुले भुमिका खेल्न सकिने बताए । अमेरिकामा पाँच लाख नेपालीको बसोबास छ, भोली अवकास जीवन विताउन अलाबामा राज्य रोज्नुभन्दा नेपाल रोज्छु भन्ने वातवरण निर्माण गरिनुपर्ने डेलिगेट भण्डारीले बताए । 
समारोहमा मेरिल्याण्ड स्टेट सिनेटर काल्स ज्याक्सन, डेलि गेट्स किम एल रोस,  वाल्टिमोर काउन्टी सदस्य प्याट योंग, वाल्टिमोर काउन्टी इमिग्रेन्ट अफेयर आउटरिच कोअर्डिनेटर रिचर्ड ओर्टेगा लगायतले धारणा राख्दै सबै आप्रवासी समुदायकै कारण अमेरिका बलियो बनेको धारणा राखेका थिए । 

यसैगरी कार्यक्रममा एनआरएनए अमेरिकाका निर्वतमान अध्यक्ष डा. अर्जुन बञ्जाडे, उपाध्यक्ष दिपक सापकोटा, सुनीता खत्री, अनेसासका सचिव नारायण अधिकारी, वाल्टिमोर एशोसिएशन अफ नेप्लिज इन अमेरिकाका अध्यक्ष जितेन गुरुङ, प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय समितिका उपसचिव प्रभु थापा, एनआरएनए मेरिल्याण्ड च्याप्टर अध्यक्ष बाबुराम भट्टराई लगायतले समुदायका लागि मिडिया र नेजाको भूमिका महत्वपूर्ण रहेको बताउँदै समुदायका आवाजलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिए ।  

यसैगरी, नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष बद्री विनोद प्रतिक, नेजाका संस्थापक अध्यक्ष गिरिश पोखरेल, पूर्व अध्यक्षहरु गौतम दाहाल, भोला आचार्य, सल्लाहकार मोहन सिंह लामा,  अग्रज पत्रकार तरुण पौडेल, नारायण पुरी, सतिश चापागाई, सामुदायिक रेडियो प्रसारक संघकी उपाध्यक्ष दीपु पोखरेल ज्ञवाली लगायतले पत्रकारितामा देखा परेका चुनौती र पत्रकारले खेल्नुपर्ने भूमिकाका सन्दर्भमा धारणा राखेका थिए ।

नेजाका महासचिव ईश्वरी न्यौपानेले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष कल्पना घिमिरेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए । नेजाका क्षेत्रीय संयोजक तथा साधारणसभा कन्भेनर सिर्जना काफ्लेले स्वागत मन्तव्य राखेकी थिईन् । कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष सुरज भण्डारीले गरेका थिए । 

नेजाका वर्तमान र दुई पूर्वअध्यक्ष सम्मानित
नेपाल अमेरिका पत्रकार संघ(नेजा)का अध्यक्ष सुरज भण्डारी तथा पूर्व अध्यक्षहरु गौतम दाहाल र  भोला आचार्यलाई  डेलि गेट्स डा. ह्यारी भण्डारी, डेलि गेट्स किम रोस, डेलिगेट्स निक एलेनले सम्मान गरेका हुन् । पत्रकारिता र नेजाको नेतृत्व मार्फत नेपाली डायस्पोरा र समुदायको लागि गरेको योगदानका लागि उनीहरुलाई सम्मान गरिएको कार्यक्रममा सम्बोधन गर्दै  डेलिगेट्स रोसले बताईन् ।
यसैवीच, संघको साधारणसभाको अवसरमा नेपाल अमेरिका पत्रकार संघ(नेजा)ले संघकी डिसी मेट्रो क्षेत्रकी संयोजक तथा साधारणसभाकी कन्भेनर सिर्जना काफ्लेलाई सम्मान गरेको छ । काफ्ले मेरिल्याण्ड राज्यको वाल्टिमोर काउन्टी महिला आयुक्तमा मनोनित भएकोमा संघले सम्मान गरेको हो । उनलाई  संघका अध्यक्ष  भण्डारी,   कार्यवाहक राजदुत शरदराज आरण ,मेरिल्याण्ड हाउस अफ डेलि गेट्स  डा. ह्यारी भण्डारी, नेजाका संस्थापक अध्यक्ष तथा पूर्व अध्यक्षहरुले सम्मान गरेका थिए ।

उद्घाटरपछि शुरु भएको बन्द सत्रले नेजाको वार्षिक प्रगती प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन सुझाव सहित पािरत गरिएको छ । बन्दसत्रमा उपस्थित नेजाका सदस्यहरुले संस्थाले गरेको क्रियाकलापको दस्तावेजीकरण गरी संस्थाको सम्पत्तिको रुपमा राख्न सुझाव दिएका थिए । संस्थाले वितरण गरेका नेजा ग्रामिण पत्रकारिता पुरस्कार तथा नेजा सामुदायिक पुरस्कार साथै विभिन्न समस्यामा गरेका पत्रकारहरुलाई गरेको आर्थिक सहयोगको पारदर्शी ढंगले हिसाब किताव राख्नुपर्नेमा सदस्यहरुको जोड छ । 

साथै नेजाले गरेका हरेक क्रियाकलापलाई आधार बनाएर नेजाको स्थायित्वका लागि कोष विस्तारको विकल्पको लागि आर्थिक समिति समेत गठन गरिएको छ । नेजाले विभिन्न चरणमा नेपाल पत्रकार महासंघ र अमेरिकाका लागि नेपाली राजदुतावाससँग गरिएको समझदारीपत्रहरुलाई दस्तावेजीकरण गर्दै ती निकायहरुसँगको सम्बन्ध अझ सुदृढ बनाउँदै पत्रकार र समुदायको हितको लागि काम गर्नुपर्नेमा सदस्यहरुको जोड थियो । त्यस्तै नेजाको विधान संसोधन गरी ५ वटै क्षेत्रमा रहेका क्षेत्रिय संयोजकहरुलाई क्षेत्रिय उपाध्यक्ष बनाउने निर्णय गरेको छ । साथै १ जना सहकोषाध्यक्ष थप्ने निर्णय पनि गरेको छ । 

प्रतिक्रिया