०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

नेपाल अमेरिकी पत्रकार संघ (नेजा) को अध्यक्षमा पुनः सुरज भण्डारी , महासचिवमा ईश्वरी न्यौपाने

नेपाल अमेरिकी पत्रकार संघ (नेजा) को अध्यक्षमा पुनः सुरज भण्डारी , महासचिवमा ईश्वरी न्यौपाने

लस भेगास नेपाल अमेरिकी पत्रकार संघ (नेजा) को अध्यक्षमा पुनः सुरज भण्डारी सर्वसम्मत निर्वाचित भएका छन्। नेजाको लस भेगासमा सम्पन्न नवौं महाधिवेशनले भण्डारीको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो भण्डारीले नेजाको सचिव महासचिव हुँदै अध्यक्षको कार्यभार सम्हाली सकेका छन्  

उपाध्यक्षमा कल्पना घिमिरे, महासचिवमा ईश्वरी न्यौपाने, सचिवमा शंकर बहादुर थापा, कोषाध्यक्षमा झरना अधिकारी निर्विरोध चयन भएका छन्। 

त्यस्तै क्षेत्रीय संयोजकहरूमा शान्तिराज राई (उत्तर पूर्व), दिपक दाहाल (पश्चिम), ओम आचार्य (मध्य) सृजना काफ्ले (डिसी मेट्रो) चयन भएका छन्। 

कार्यसमिति सदस्यहरूमा निवर्तमान उपाध्यक्ष सुजन पण्डित, निवर्तमान महासचिव बाबुराम दाहाल, डा. डोल्मा लामा, यसोदा तिमल्सिना, राजकुमार तामाङ (गोले),  जानु पंगेनी, दिपेन्द्र खड्का, डिल्लीबहादुर राउत रहेका छन्  

नेजाको निर्वाचन सम्पन्न गरी नयाँ नेतृत्व चयनका गर्नका लागि कार्यसमितिले संस्थापक अध्यक्ष गिरीश पोखरेलको संयोजकत्वमा सदस्यीय निर्वाचन समिति बनाएको थियो निर्वाचन समितिको सदस्यहरुमा मोहनसिङ लामा, रामेश्वर भण्डारी गोपाल गड्तौला रहेका थिए। यसैबीच नेजाले एनआरएनए नेजाको सहकार्यमा नेजा एनआरएनए पत्रकारिता सम्मान जना पत्रकारहरुलाई , हजार डलर सहित पत्रकारिता सम्मान प्रदान गरेको  नेजाका पुर्व अध्यक्ष, सल्लाहकार तथा एभरेष्ट टाइम्स न्युज डट कमका प्रधान सम्पादक आङछिरिङ शेर्पा नेजाका पुर्व महासचिव किरण मरहट्ठालाई प्रदान गरिएको कार्यक्रममा पूर्व कान्तिपुरकर्मी विजय घिमिरेलाई पनि सम्मान प्रदान गरिएको थियो घिमिरेलाई दुइ बर्ष अघि नै पुरस्कार प्रदान गर्ने घोषणा गरिएको थियो पुरस्कार छनोट समितिमा नेजाका सदस्य नारायण पुरीको संयोजकत्वमा सदस्यीय समिति बनाइएको थियो समितिमा नेजाका पुर्व उपाध्यक्ष तथा सल्लाहार मच्छेदेवी गुरुङ, नेजाका कोषाध्यक्ष जानु पंगेनी, एनआरएनएका सदस्यहरु सरु शर्मा तथा रीतादेवी प्रधान रहेका थिए  

नेजा सामुदायिक पत्रकारिता पुरस्कार खसोखासका प्रधान सम्पादक किशोर पन्थी हिमालय खबरडट कमका रामचन्द्र भट्टलाई संयुक्त रुपमा प्रदान गरिएको पुरस्कारको राशी हजार डलर रहेको  

नेजाको नवौं अधिवेसनका लागि नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए  

नेजाको अधिवेसनको उद्घाटन सत्रमा सहभागी हुन विभिन्न संघसंस्थाका प्रतिनिधीहरु सहभागी थिए । नेजाको नवौ अधिवेसनमा सहभागी हुन विभिन्न राज्यबाट पत्रकारहरु सहभागी भएका थिए । नेजाको पश्चिम क्षत्रिय संयोजक रोशन अधिकारीले नवौ अधिवेशनको कन्भेनरको भुमिका निभाएका थिए । 

प्रतिक्रिया