०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

नेजाको नवौं अधिवेशन लस भेगसमा हुने, फेबु्रअरी १० भित्र सदस्यता नविकरण गर्न सदस्यहरुलाई अनुरोध

नेजाको नयाँ सदस्यता एवं सदस्यता नवीकरण गर्ने मिति यही फेबु्रअरी १०, २०२५ सम्म
नेजाको नवौं अधिवेशन लस भेगसमा हुने, फेबु्रअरी १० भित्र सदस्यता नविकरण गर्न सदस्यहरुलाई अनुरोध

 

न्यू योर्क। नेपाल अमेरिका पत्रकार संघ (नेजा) को नवौं अधिवेशन तथा १८औं साधारण सभा आउँदो मे १० ११ मा गर्ने भएको छ। जनवरी २५, २०२५ मा बसेको नेजा कार्यसमितिको २० औं बैठकले नेजाको नवौं अधिवेशन मे १० ११ मा नेभाडास्थित लस भेगसमा गर्ने निर्णय गरेको हो।

बैठकले नेजाका पश्चिम क्षेत्रीय संयोजक रोशन अधिकारीको संयोजकत्वमा कार्यसमिति सदस्यहरु हेमराज बराल ईश्वरी न्यौपाने रहेको अधिवेशन व्यवस्थापन समिति गठन गरेको छ। बैठकले अधिवेशन व्यवस्थित सफल बनाउनका लागि कार्यसमिति सदस्यहरुलाई आवश्यक सहयोग गर्न अनुरोध गरेको

बैठकले नेजाका कोषाध्यक्ष जानु पङ्गेनीलाई आर्थिक समितिको जिम्मेवारी दिने निर्णय गरेको

नेजाले अधिवेशनमा भाग लिनका लागि विधानतः अधिवेशन हुने मितिको महिना अगाडि नै नयाँ सदस्यता लिइसक्नु पर्ने एवं सदस्यता नवीकरण गरी सक्नुपर्ने भएकोले नयाँ सदस्यता लिन तथा सदस्यता नवीकरण गर्न नेजाका सदस्यहरुलाई अनुरोध गरेको छ। 

नेजाको नयाँ सदस्यता एवं सदस्यता नवीकरण गर्ने मिति यही फेबु्रअरी १०, २०२५ सम्म रहेको नेजाले जनाएको  

 

प्रतिक्रिया