न्यू योर्क। नेपालमा हालै आएको विनाशकारी बाढीबाट आफ्ना परिवारका सदस्य, आफन्त तथा साथीभाइ गुमाएर शोकमा रहेका न्यू योर्कमा रहेका नेपाली समुदायलाई भावनात्मक सहयोग तथा मानसिक स्वास्थ्यसम्बन्धी स्रोत र सेवाको जानकारी प्रदान गरिएको छ । बोल्ड एक्शन फर सोसल एजुकेशन बेस इन्टरनेश्नल इंक (BASE International Inc.) ले New York City Department of Health and Mental Hygiene (NYC DOHMH) को Responses and Engagement Team (RET) सँगको सहकार्यमा यस्तो सहयोग गरेको हो। यो सहयोग तथा जनसम्पर्क कार्यक्रम एल्महस्र्ट, क्वीन्सस्थित कार्यक्रम क्वीन्सस्थित शेर्पा किदुगको हलमा सेप्टेम्बर १२ मा आयोजित दीप प्रज्वलन, मणि मोलम तथा श्रद्धाञ्जली कार्यक्रममा बेस इनटरनेश्नल इकंले भावनात्मक सहयोग तथा मानसिक स्वास्थ्य सेवा बारेमा जानकारी दिएको हो । कार्यक्रममा बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवार तथा समुदायप्रति यो दुखद घडीमा ऐक्यबद्धता व्यक्त गरिएको थियो।
श्रद्धाञ्जली कार्यक्रम भोटेकोशी समाज इकं र युनाइटेड शेर्पा एशोशिएसन युएसए इंकको आयोजनामा गरिएको हो । Selangkatti Society USA, Miteri Community USA, Ama Tsomen Sherpa Tsokpa USA, NYC Marming Samaj, Phuliping Katti Society USA, Paanch Gaun Sherpa Samaj USA Inc., Narayanthan Samaj USA तथा American Bokchen Society लगायतका संस्थाहरूको सहकार्यमा गरिएको हो । कार्यक्रममा BASE International Inc. र NYC DOHMH को (RET) टोलीले समुदायका सदस्यहरूसँग प्रत्यक्ष भेटेर शोकको घडीमा, मानसिक तथा भावनात्मक स्वास्थ्य, कठिन समयमा एक अर्कालाई सहयोग गर्ने उपाय तथा आवश्यक पर्दा उपलब्ध मानसिक स्वास्थ्य सेवासँग जोडिने विषय र श्रोतको बारेमा जानकारी दिएका थिए ।
BASE International का अध्यक्ष दीपक चौधरीले नेपालमा आएको यस विपत्तिका कारण न्यू योर्कमा रहेका धेरै नेपालीहरूले आफ्ना परिवारका सदस्य, आफन्त, साथीभाइ र प्रियजन गुमाउनुको पीडा भोगिरहेकोले यस्तो कठिन समयमा समुदायसँगै उपस्थित हुनु, उनीहरूको पीडा सुन्नु र आवश्यक सहयोग तथा स्रोतसँग जोड्नु अत्यन्त महत्वपूर्ण रहेको बताए । चौधरीले यस कार्यमा सहकार्य गर्ने NYC DOHMH को Responses and Engagement Team तथा सम्पूर्ण सामुदायिक संस्थाहरूप्रति व्यक्त गरे। BASE International ले बाढीबाट ज्यान गुमाउने सम्पूर्ण दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, समुदायको मानसिक तथा भावनात्मक स्वास्थ्य, जनचेतना र आवश्यक सेवामा पहुँच विस्तारका लागि सरकारी निकाय तथा सामुदायिक संस्थाहरूसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
भोटेकोशी समाजका अध्यक्ष अकबर तामाङले बाढीमा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै बाढी पिडितहरुका लागि दुखको बेलामा एक्येवद्धता जनाउनु कार्यक्रम गरेको बताए । त्यस्तै शेर्पा किदुगका अध्यक्ष इन्जिनियर तेम्बा शेर्पाले मृतकप्रति श्रद्धान्जली व्यक्त गर्दै सबैलाई दुखमा हातेमालो गर्न आग्रह गरे। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधीहरु सहभागी थिए ।एनवाइसीन्यूजडटकम परिवार दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ साथै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना अर्पण गर्दछ । यस दुःखद घडीमा हामी सबै एक अर्काको साथ, सहारा र हौसला बनौँ।








प्रतिक्रिया