न्यूयोर्क । अमेरिकाको उड्यान आकाशमा अचानक छाएको अन्योलता, अस्तव्यस्त र त्रास चार घण्टापछि हटेको छ । उड्यान संचार प्रणालीमा अवरोध आएको भन्दै संघीय उड्यान प्रशासनले दिउसो चार बजेदेखि राती सवा आठ बजेसम्म अमेरिका भर नै हवाई उडान रोक लगाएको थियो ।
शुक्रबार अमेरिकाभर हजारौँ उडान ढिलाइ र रद्द गराएको दुर्लभ राष्ट्रव्यापी उडान प्रतिबन्ध अन्ततः पूर्वी अमेरिकी समयअनुसार राति करिब ८ बजेर १५ मिनेटमा हटाइएको थियो । झन्डै साढे चार घण्टासम्म जारी रहेको प्रतिबन्ध संघीय उड्डयन प्रशासन ९एफएए०ले सुरुमा ‘अस्थायी दूरसञ्चार प्रणालीमा आएको अवरोध’ का कारण भएको बताएको थियो।
प्रतिबन्ध हटेलगतै राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा यातयातमन्त्री र सुरक्षामन्त्रीले हवाई यातायात ठप्प हुनुको कारण पुरानो हवाई नियन्त्रण प्रणाली भएको बताए । उनीहरूका अनुसार पुरानो प्रविधिमा आधारित प्रणालीमा ओभरलोड भएर समस्या आएको हो । प्रविधिक टोलीले निरक्षण गरी पुनः संचालन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।
यातायातमन्त्री सियन पी. डफीले पत्रकार सम्मेलनमा भने, “यो पुरानो प्रणाली हो, जुन बन्द भयो। यो सबै ठाउँमा बन्द भयो।” डफीका अनुसार देशभर हवाई यात्रामा अवरोध पु¥याएको समस्या पुरानो उपकरणमा मात्र सीमित थियो। उनले पुरानो एनालग प्रणालीलाई आधुनिकीकरण गर्ने क्रममा भइरहेको प्रक्रियाले नै उक्त प्रणालीमा अत्यधिक दबाब परेको बताए।
उनले १९८० को दशकको प्रणाली प्रयोग भइरहेको र अब नयाँ प्रविधि र उपकरण जोड्न आवश्यकक रहेको बताए । नयाँ प्रणाली जोड्न आवश्यक पर्ने करिब ३० विलियन डलरको खर्च विधियकलाई कंग्रेसले स्वीकृति नदिएको कारण यो समस्या भोग्नु परेको भन्दै उनले यसमा प्रतिनिधिसभा र सिनेटका सदस्यहरु दोषी रहेको बताए ।
गृह सुरक्षा मन्त्री मार्कवेन मुलिनले उक्त अवरोध साइबर आक्रमणसँग सम्बन्धित नभएको दावी गरे । साइबर आक्रमण र एआइसंग सम्बन्धीत समस्या होइन, मन्त्री मुलिनले भने । उनका अनुसार राष्ट्रिय सुरक्षा निकायहरूले साइबर आक्रमण भएको कुनै प्रमाण फेला पारेका छैनन्। साथै, कसैले पनि आक्रमणको जिम्मेवारी लिएको छैन।
उनले भने, “प्रारम्भिक रूपमा हेर्दा यो प्राविधिक उपकरणमा आएको खराबीका कारण भएको देखिन्छ। यद्यपि, हामी अझै अनुसन्धान गरिरहेका छौँ, त्यसैले यस सम्भावनालाई पूर्ण रूपमा अस्वीकार गरेका छैनौँ।”
प्रतिबन्ध हटे पनि उडान अस्तव्यस्त कायमै
संघीय अधिकारीहरूले उडान प्रतिबन्ध हट्दैमा हवाई सेवा तत्काल सामान्य अवस्थामा फर्कने अपेक्षा नगर्न सुझाब दिएका छन्। यातायातमन्त्री सियन पी। डफीले पत्रकारले उडान तालिका सामान्य अवस्थामा आउन एकदुई दिन लाग्ने बताए । हामी हवाई कम्पनीहरुसंग समन्वय गरी आवश्यकताको आधारमा उडान गर्न अनुरोध गर्नेछौं, उनले भने । कम्तीमा सप्ताहन्तभर विमानस्थलहरूमा अव्यवस्था जारी रहने अनुमान गरिएको छ।
उनले विमान चालक दलको उपलब्धता अनुसार शुक्रबार राति नै सकेसम्म धेरै उडान सञ्चालन गर्ने प्रयास गरिने बताए। यदि त्यसो गर्न सम्भव नभए शनिबार बिहानदेखि विमान सेवा कम्पनीहरूसँग समन्वय गरेर विमानहरू पुनः सञ्चालन गरिने उनको भनाइ थियो।
डफीले कलेज फुटबल टोलीहरू चार्टर्ड विमानबाट यात्रा गरिरहेका अवस्थामा उनीहरूलाई एफएएले प्राथमिकता दिने बताए। शनिबार निर्धारित खेलहरू सञ्चालन हुन सकून् भन्ने उद्देश्यले यस्तो प्राथमिकता दिइने उनले स्पष्ट पारे।



प्रतिक्रिया