२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

द गुरुङ (तमु) सोसाइटी इंक यूएसएको साधारणसभा सफलतापूर्वक सम्पन्न, समाज भवन खरिद गर्ने निर्णय

द गुरुङ (तमु) सोसाइटी इंक यूएसएको साधारणसभा सफलतापूर्वक सम्पन्न, समाज भवन खरिद गर्ने निर्णय

 

न्यू योर्क। गुरुङ (तमु) सोसाइटी इंक, यूएसएको साधारणसभा सफलतापूर्वक सम्पन्न भएको छ। सेप्टेम्बर २८ मा एल्महस्र्ट हस्पिटलको अडिटरियम हलमा सम्पन्न साधारणसभाले सोसाइटीको समाज भवन खरिद गर्ने निर्णय गरेको समाज भवन खरिद गर्नका लागि पूर्व अध्यक्ष तथासल्लाहकार मेख गुरुङको संयोजकत्वमा ११ सदस्यीय उपसमिति चयन गरेको उपसमितिको सदस्यहरुमा अध्यक्ष ओम गुरुङ, आजीवन सदस्य डा. सुख गुरुङ, पूर्व कोषाध्यक्ष तथा आजीवन सदस्य रामचन्द्र गुरुङ, संस्थापक अध्यक्ष तुलसी प्रसाद गुरुङ, आजीवन सदस्य विजय गुरुङ, आजीवन सदस्य हर्कजंग गुरुङ, पूर्व अध्यक्षद्धय विजय गुरुङ, पदम गुरुङ, आजीवन सदस्य अमर गुरुङ, आजीवन सदस्य चित्र गुरुङ रहेका छन् संस्थाको कार्यसमिति सदस्यहरु तथा सल्लाहकारहरु पदेन सदस्य रहने छन्। 

सोसाइटीको २५ औं बार्षिक उत्सव जुलाई १८, २०२६ मा गर्ने निर्णय भएको   साथै संस्थाको भावी कार्यदिशा बारेमा पनि छलफल भएको छ।

संस्थापक अध्यक्ष तुलसी प्रसाद गुरुङ, तथा सिनियर क्याप्टेन धन बहादुर गुरुङले संयुक्त रुपमा पानसमा द्धिप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरिएको थियो  

साधारणसभाले सोसाइटीको आर्थिक तथा संस्थागत प्रगति प्रतिवेदन बहुमतले पारित गरेको छ।

सोसाइटीका अध्यक्ष ओम गुरुङले साधारणसभामा उपस्थित भई महत्वपूर्ण सल्लाह, सुझाव दिई साधारणसभा सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण सदस्यहरुलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गरे। अध्यक्ष गुरुङले संस्था गुरुङ समुदायको हितको लागि सबैलाई एकजुट भएर अगाडि बढ्न अनुरोध गरे

नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) का अध्यक्ष तोरण गुरुङले नेपालको बदलिदो राजनीतिक परिस्थितिले गर्दा बिदेशमा रहेको नेपालीहरुलाई चिन्तित बनाएको बताउँदै जेनजी आन्दोलनमा सहादत प्राप्त सम्पूर्ण शहिदहरुप्रति श्रद्धानजली व्यक्त गरे सोसाइटीले समुदायमा अर्थपूर्ण योगदान पुर्याउनुका साथै नयाँ नेतृत्वको विकास गर्दै गुरुङहरुले अन्य संस्थाहरुमा नेतृत्व गर्ने अवसर प्राप्त गरेको हुनाले संस्थाप्रति सबै सदस्यहरु सकारात्मक रहेर संस्थाको सुदृढिकरणमा जोड दिनुपर्ने बताए  

सोसाइटीका संस्थापक अध्यक्ष तुलसी प्रसाद गुरुङले सासाइटीलाई अझ बलियो शशक्त बनाउनका लागि सम्पूर्ण गुरुङहरु एक हुनु जरुरी रहेको बताए। गुरुङले समाजलाई निष्पक्ष, सवल बनाउनका लागि सबै कार्यसमिति सदस्यहरुले जिम्मेवारी बहन गरिदिन हुन अनुरोध गरे। सोसाइटीका महासचिव मच्छेदेवी गुरुङले सोसाइटीलाई सक्षम बनाउनका लागि सबै सदस्यहरु जिम्मेवारीपूर्ण ढंगबाट एकजुट भई लाग्नु पर्ने अपनत्व महसुस गरेर काम गर्नुपर्ने बताइन्। 

उपाध्यक्ष एलिशा गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका 

सभामा सहभागीहरुले संस्थाको संस्थागत सुदृढिकरणको लागि सदस्यता बढाउनुपर्ने, साधारण सदस्यहरुलाई आजीवन सदस्य बनाउनुपर्नेमा सल्लाह सुझाव दिएका छन्। 

 

 

 

प्रतिक्रिया