
न्यूयोर्क । अमेरिकाकै सबैभन्दा ठूलो स्थानीय निकाय न्यूयोर्कसिटीको मेयर निर्वाचन आज हुँदैछ । एक साताबाटै प्रारम्भिक मतदान शुरु भए पनि आज मतदानको मुख्य दिन हो । बिहान ६ बजेदेखि पाँचवटै बोरोका झन्डै १४,००० मतदान केन्द्रमा मतदान जारी छ । राती नौ बजेसम्मा मतदान हुनेछ ।
निर्वाचनमा मेयरसंगै अन्य पदहरु सिटी कन्ट्रोलर, न्यायाधीश पद, सिटी काउन्सिल र सिटी चार्टरमा प्रभाव पार्ने केही मतपत्र प्रस्तावमा समेत न्यूयोर्कबासीले आफ्नो मत जाहेर गर्नेछन् । सिटीको मेयर पदको लागि डेमोक्रेटिक उम्मेदवार जोहरान माम्दानी, स्वतन्त्र उम्मेदवार तथा पूर्व गभर्नर एन्ड्र्यू कुमो, र रिपब्लिकन उम्मेदवार कर्टिस स्लिवाबीचवीच प्रतिस्पर्धा हुँदैछ ।
एकसाता अघिबाट शुरु भएको अर्ली भोटिङमा झण्डै ७ लाख ३० हजार बढीले मतदान गरेका छन्। यो नयाँ रेकर्डले माम्दानी, कुमो र स्लिवाबीचको प्रतिस्पर्धाप्रतिको स्थानीय र राष्ट्रिय चासो स्पष्ट देखाएको छ। न्यूयोर्क सिटी निर्वाचन बोर्डका अनुसार आज बिहान ९ बजेसम्म १९३,२९० मतदाता आफ्ना मतदानस्थलमा ‘चेक–इन’ भइसकेका छन्, जुन कुल अर्ली भोटिङको २६.४% बराबर हो। बिहानका तीन घण्टामै देखिएको यो उपस्थितिलाई हेर्दा आज मात्र करिब १० लाख मतदाताले मतदान गर्न सक्ने आकलन गरिएको छ। मतदान केन्द्रहरू आज राति ९ बजेसम्म खुला रहनेछन.
न्यूयोर्क सिटीको यसपटकको मेयर निर्वाचनलाई राष्ट्रिय अन्तराष्ट्रिय तहमा समेत गम्भीर चासोको रुपमा लिइएको छ । यसपटकको प्रतिस्पर्धामा ३३ वर्षिय एसेम्ब्ली मेम्बर जोह्रान माम्दानीले डेमोक्रेटिक पार्टीबाट प्रतिस्पर्धा गरिरहेका छन् । उनलाई डेमोक्रेटिक पार्टीकै विद्रोही उम्मेद्धार एन्ड्रयु कुमोले चूनौति दिइरहेका छन् ।
रिपब्लीकन उम्मेद्धार कर्टिस स्लीवा पनि निर्वाचनको प्रतिस्र्धामा रहेपनि राष्ट्रपति डोनाल्ड ट्रम्पले रिपब्लीकन उम्मेद्धारलाई नभई डमोक्रेटिक पार्टीका विद्राही उम्मेद्धार कुमोलाई भोट गर्न आह्वन गरेको छ। राष्ट्रिपतिको यो आह्वानसंगै न्यूयोर्कको मेयर चुनाव रोचक र कडा प्रतिस्पर्धा हुने भएको छ ।






प्रतिक्रिया