२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

युपिएसको कार्गो विमान दुर्घटनामा सातजनाको मृत्यु

केन्टकी राज्यको लुइसभिल्लास्थित मुहम्मद अली इन्टरनेशनल एयरपोर्टबाट उडे लगतै दुर्घटना हुँदा विमानस्थल नजिकै दुईवटा व्यवसायिक भवनमा ठोक्किएको उद्धारकर्मीहरुले बताए
युपिएसको कार्गो विमान दुर्घटनामा सातजनाको मृत्यु


न्यूयोर्क । केन्टकी राज्यको लुइसभिल्लास्थित एक विमानस्थलबाट उडेको युपिएसको कार्गो विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । अन्य एक दर्जन घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् । 

केन्टकी राज्यको लुइसभिल्लास्थित मुहम्मद अली इन्टरनेशनल एयरपोर्टबाट उडे लगतै दुर्घटना हुँदा विमानस्थल नजिकै दुईवटा व्यवसायिक भवनमा ठोक्किएको उद्धारकर्मीहरुले बताए । उनीहरुका अनुसार बिमानमा रहेका ३ जना चालक दलका सदस्यहरुको मृत्यु भएको छ भने जहाज ठोेक्किदा भवनमा भएका चार सर्वसाधान नागरिकको पनि मृत्यु भएको छ । लुइसभिलका मेयर क्रेग ग्रिनबर्गले मृत्यु भएका चार जना जमिनमै रहेका व्यक्तिहरू भएको र ठोक्किएको भवनमा रहेका ११ जना घाइते भएकोले मृतकको संख्या बढ्न सकिने बताए। 

विमान दुर्घटना हुँदा विष्फोटको आवाज आउनुकासाथै बाक्लो धुवाँको बादल आकाशमा उडेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएको संचारमाध्यमहरुले जनाएका छन् । विमान आगोको गोलो बनेर विस्फोट भयो र विमानस्थल नजिकको औद्योगिक क्षेत्रमा ज्वालामुखी जस्तो आगलागीको पाटो छाड्यो, प्रत्यक्षदर्शीको भनाई छ । नजिकका बासिन्दाहरूलाई घरभित्रै बस्न आदेश दिइएको थियो। सयौँ दमकलकर्मीहरूले मंगलबार अबेरसम्मको प्रयासमा आगो नियन्त्रणमा लिएको लुइसभिलका फायर चीफ ब्रायन ओनीलले पत्रकार सम्मेलनमा बताए।
दुर्घटनाले युपिएसको हवाई–कार्गो मुख्यालयको सञ्चालनमा अवरोध सिर्जना ग¥यो। यो कम्पनीको अन्तारष्ट्रिय सञ्जालको केन्द्रीय भाग हो, जहाँ दैनिक ३०० भन्दा बढी विमान उड्छन् भने करिब २० लाख पार्सल प्रशोधन हुने गर्दछ 
सो कार्गो जहाज होनोलुलुतर्फ जाँदै गरेको उडेर १७५ फिट उचाइमा पुगेलगतै भुँइमा झरेको बताइएको छ । बोइङले मंगलबार नै एक वक्तव्य जारी गर्दै राष्ट्रिय यातायात सुरक्षा बोर्डलाई प्राविधिक सहयोग उपलब्ध गराउन अनुरोध गरेको जनाएको छ । 

 

प्रतिक्रिया