२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

द गुरुङ (तमु ) सोसाइटी ईंक युएसए र प्रवासी नेपाली एकता मञ्च न्यूयोर्क च्याप्टरको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

द गुरुङ (तमु ) सोसाइटी ईंक युएसए र प्रवासी नेपाली एकता मञ्च न्यूयोर्क च्याप्टरको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

 

न्यू योर्क। द गुरुङ (तमु ) सोसाइटी ईंक युएसए र प्रवासी नेपाली एकता मञ्च न्यूयोर्क च्याप्टरको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । न्युयोर्कको ज्याक्सन हाइटसमा अवस्थित सत्य नारायण मन्दिरमा अगष्ट २३ शनिवार सम्पन्न रक्तदान कार्यक्रममा ३२ पिन्ट रगत संकलन भएको थियो ।  रगत दानबाट अन्य व्यक्तिको जिवन बचाउन सहयोग पुग्ने भएकोले रक्तदान आयोजना गरेको कार्यक्रम संयोजक उमा तामाङले जानकारी दिए ।

कार्यक्रममा प्रवासी नेपाली एकता मञ्चका अन्तर्राष्ट्रिय समन्वय किमिटीका पदाधिकारीहरु टेक गुरुङ, यम लामा, राधाकृष्ण देउजा, आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष तोरण गुरुङ नेपाली समुदायका अगुवाहरु भरत लामा लगायत उपस्थित थिए । टेक गुरुङ द गुरुङ (तमु ) सोसाइटी ईंक युएसए तथा आदिवासी जनजाति  महासंघ अमेरिकाका सल्लाहकार समेत हुन्। आयोजक संस्था प्रवासी नेपाली एकता मंच न्यूयोर्क च्याप्टरका अध्यक्ष सौमेन्द्र रन्जित र  द गुरुङ (तमु) सोसाइटी  अमेरिकाका अध्यक्ष ओम गुरुङ लगायत संस्थाका पदाधिकारीहरुले रक्तदान दिई सहभागीहरुको हौसला बढाएका थिए । कार्यक्रममा ४५ जना सहभागी भए पनि ३२ जनाले मात्रै रक्तदान गरेका थिए ।

अन्य केही सहभागीहरु भने विभिन्न कारणले रक्तदान गर्न असमर्थ भएका थिए । एक जनाले दान गरेको एक पिन्ट रगतबाट ३ जनाको ज्यान बचाउन सकिने भएकोले रक्तदान कार्यक्रम बार्षिक रुपमा गर्दै आएको सोसाइटीका अध्यक्ष ओम गुरुङले जानकारी दिए।  कार्यक्रममा सहभागी रक्तदाताहरुलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।

 

प्रतिक्रिया