
न्यू योर्क। मेयर उम्मेदवार जोहरान माम्दानीले आइतबार साँझ फरेस्ट हिल्स स्टेडियममा करिब १३ हजार समर्थकहरूलाई सम्बोधन गरेका छन्।
कूल १३ हजार सिट क्षमता भएको स्टेडियम पुरै भरिएको थियो। त्यतिले नपुगेर टेनिस खेल मैदन भरी मानिस खचाखच भरिएका थिए। “न्यू योर्क इज नट फर सेल” थिममा आयोजित यो आमसभालाई धेरैले नोभेम्बर ४ को मेयर निर्वाचनअघि निर्णायक शक्ति प्रदर्शनका रूपमा हेरेका छन्।
एओसीले तीखो शब्दमा भनिन्, “नोभेम्बर ४ मा न्यूयोर्क सिटीले डोनाल्ड ट्रम्पलाई उनको अधिनायकवाद यहाँ स्वीकार्य छैन भन्ने सन्देश दिनेछ।”
अस्टोरिया प्रतिनिधित्व गर्ने न्यू योर्क स्टेट एसेम्ब्ली मेम्बर माम्दानी स्टेजमा प्रवेश गर्दा भीडले “जोहरान! जोहरान!” भन्दै हुटिङ गरेका थिए। उनले आफ्नो भाषणमार्फत प्रतिद्वन्द्वी एन्ड्रु कुमोमाथि प्रहार गर्दै आफू जनताको आवाजका रूपमा खडा भएको बताए। उनले भने, “म ‘डेमोक्र्याटिक सोसियलिज्म’ को भाषा बोल्छु, किनभने बर्नी स्यान्डर्सले नै त्यो भाषा सबैभन्दा पहिला बोलेका थिए।”
“हाम्रा शब्दहरू यति चर्को बनाऔं कि कुमोले आफ्नै आठ हजार डलर महिनाको अपार्टमेन्टमा बसेर पनि सुन्न सकून्,” उनले थपे। उनले भाषणको अन्त्यमा भने, “हाम्रो यात्रा मात्र सुरु भएको छ। त्यो यात्रा नोभेम्बर ४ पछि अझ सशक्त रुपमा निरन्तर अघि बढ्नेछ।”
जोहरान माम्दानीः
आमसभामा गभर्नर होकुलको उपस्थिति भने सबैका लागि आश्चर्य थियो। आयोजकले उनी आमसभामा आउने भनेका थिएनन्। तर, जब होकुल स्टेजमा आइन्, भीडले “रिच द ट्याक्स” भन्दै नाराबाजी गर्यो।
आमसभामा अमेरिकी सिनेटर बर्नी स्यान्डर्स, कङ्ग्रेस वुमन एलेक्जेन्ड्रिया ओकासियो–कोर्टेज (एओसी) र न्यूयोर्ककी गभर्नर क्याथी होकुल लगायतका प्रमुख नेताहरू उपस्थित थिए। स्यान्डर्सले माम्दानीलाई “न्यूयोर्कका श्रमिक वर्गका साँचो प्रतिनिधि” भएको बताइन। “जोहरान साधारण मानिसको मतले बनेका हुन्, अरबपतिहरूको असीमित पैसाले होइन,” उनले भनिन्, “त्यही भएर मेयर बनेपछि माम्दानीले कहिल्यै अरबपति–नियन्त्रित प्रशासन चलाउने छैनन्।”
एओसीले तीखो शब्दमा भनिन्, “नोभेम्बर ४ मा न्यूयोर्क सिटीले डोनाल्ड ट्रम्पलाई उनको अधिनायकवाद यहाँ स्वीकार्य छैन भन्ने सन्देश दिनेछ।” “कुमो जस्तो पुरानो सत्तालिप्सु राजनीतिक समूह शक्तिको हवसले अन्धो भएको छ,” उनले थपिन्।
आमसभामा गभर्नर होकुलको उपस्थिति भने सबैका लागि आश्चर्य थियो। आयोजकले उनी आमसभामा आउने भनेका थिएनन्। तर, जब होकुल स्टेजमा आइन्, भीडले “ट्याक्स द रिच” भन्दै नाराबाजी गर्यो। जवाफमा उनले भनिन्, “मैले तपाईँहरूले भन्नुभएकोसुनेकी छु।” कतिपय विश्लेषकहरूले उनको उपस्थितिलाई प्रगतिशील र पुरातनवादी डेमोक्र्याटबीच पुलको रूपमा चित्रण गरेका छन्। कतिपयले भने जोहरान माम्दानीको आन्दोलनले ल्याएको उभारले उनलाई तानेको बताएका छन्।
गभर्नर क्याथी होकुलः
आमसभामा एक रब्बी (जुइश धर्मगुरु), पास्टर र इमामलाई एउटै स्टेजमा बोलाइएको थियो, जसले माम्दानीको अभियानको बहुसांस्कृतिक एकताको सन्देश दिन्थ्यो। यू योर्क सिटी कम्प्ट्रोलर ब्राड ल्यान्डरले आफूलाई जुइशका रुपमा चिनाए। उनले जुइश र मुस्लिम एक्वेवद्धता आवश्यक भएको उल्लेख गर्दै भने, “माम्दानीको नेतृत्वमा जुइश समुदाय सुरक्षित हुन्छन।” उनले धर्मलाई राजनीतिक हतियारका रुपमा प्रयोग गरेको भन्दै कुमो र अरु नेताहरुको आलोचना गरे। “यो हाम्रो समयको नेतृत्वको नैतिक परीक्षाको समय हो,” उनले थपे, “जोहरान माम्दानी त्यसमा सफल हुने नेता हुन्।”
कम्प्ट्रोलर ब्राड ल्याण्डरः
सिनेटर स्यान्डर्सले “जोहरानसँग सबै प्रश्नको उत्तर नहुन सक्ने र जनताले उनलाई उत्तर खोज्न सहयोग गर्नुपर्ने” बताए। उनको यो अभिव्यक्तिलाई द गार्डियनले “आन्दोलनको सपनालाई व्यवहारमा रूपान्तरण गर्ने संकेत” भनेर व्याख्या गरेको छ।
बर्नी स्याण्डर्सः
कार्यक्रम सकिएपछि भीडले “आवर सिटी, आवर फ्युचर” भन्दै उत्साहपूर्वक स्टेडियम बाहिर मार्च गर्यो। जोहरान माम्दानीले हात हल्लाउँदै भने, “यो नै लोकतन्त्रको रूप हो, र यही नै हाम्रो विजयको रूप हुनेछ।”
फरेस्ट हिल्स स्टेडियममा भएको यो शक्ति प्रदर्शन मेयरको निर्वाचनमा भएको सबैभन्दा ठूलो मध्येको हो। यसले न्यू योर्कको मेयर चुनावमा प्रगतिशील शक्तिहरूको बलियो उपस्थिति र जनतामा आएको राजनीतिक चेतना स्पष्ट रूपमा देखाएको विश्लेषण गरिएको छ।




प्रतिक्रिया