२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

द गुरुङ (तमु) सोसाइटी इंक, यूएसएले कौडा किंग दुर्गा गुरुङसँग चुट्का (कौडा) साँझ कार्यक्रम गर्दै

द गुरुङ (तमु) सोसाइटी इंक, यूएसएले कौडा किंग दुर्गा गुरुङसँग चुट्का (कौडा) साँझ कार्यक्रम गर्दै

 

न्यू योर्क। द गुरुङ (तमु) सोसाइटी इंक, यूएसएले कौडा किंग तथा वरिष्ठ कलाकार दुर्गा गुरुङसँग चुट्का (कौडा) साँझ कार्यक्रम आयोजना गर्दैछ । सोसाइटीले गुरुङहरुको जीवित परम्परागत संस्कृतिलाई संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले चुट्का (कौडा) साँझ कार्यक्रम जुन २० तारिखमा बाजेको सेकुवामा आयोजना गर्न लागेको हो। हाम्रो संस्कृति, सांस्कृतिक धरोहर, परंपरागत मुल्य मान्यता हाम्रो पहिचान र गर्व हो, त्यसैले कौडाको बारेमा नयाँ पुस्तालाई समेत जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको सोसाइटीका अध्यक्ष ओमले जानकारी दिए। कार्यक्रमले गुरुङहरुको मौखिक इतिहास र जीवनशैली, सामाजिक सम्बन्ध र एकतालाई प्रोत्साहन गर्ने अध्यक्ष गुरुङको विश्वास छ।  यसले युवा पुस्तामा कौडाबारेको ज्ञानको हस्तान्तरण गर्न र बृद्ध र युवाहरू बीचको सम्बन्धलाई बलियो बनाउन मद्दत पुग्ने अपेक्षा आयोजकले गरेको छ। सा्साइटीले गुरुङहरुको भाषा, संस्कार र संस्कृति जगेर्ना गर्नको लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।

मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रममा सहभागी हुनको लागि सम्पूर्ण सदस्यहरु तथा नेपाली कलाप्रेमीहरुलाई अनुरोध गरेको छ। कार्यक्रम साँझ ७ बजेदेखि रातको १२ बजेसम्म चल्ने छ।

प्रतिक्रिया