०९ वैशाख २०८२, मङ्गलबार
Tue, Apr 22, 2025
SUBSCRIPTION

हाम्रो बारेमा

नेपाली समुदायमा देखिएका यी सवाल र साझा सरोकारका बारेमा समुदायलाई सचेत गर्ने र समाधानमा उत्प्रेरित गर्दै स्थानीयदेखि राज्य सरकारसम्म झक्झक्याउन सशक्त संचार माध्यम आज टडकारो आवश्यकता हो ।

संयुक्त राज्य अमेरिकामा नेपाली समुदायको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । नेपाली अमेरिकन समुदायको बसोबास बृद्धिसंगै दैनिक जीवनसंग जोडिएका विविध सवालहरु मात्र हैन आर्थिक, राजनीतिक र सामाजिक सरोकारका विषयहरु पनि बढ्दै गइरहेका छन् । अध्यागमन, समुचित रोजगार, गुणस्तरीय शिक्षा, सामाजिक–साँस्कृतिक प्रवर्धन जस्ता नियमित समस्यासंग जुद्दै आएका नेपाली समुदायमा पछिल्लो समय राज्यको श्रोतसाधानमा न्यून पँहुच, विकृति विसंगती तथा विभेदको शिकार, समुदायमै आन्तरिक बेमेल, बेरोजगार, घरबारविहीन जस्ता जटिल समस्याहरु समेत देखा पर्दै गएका छन । नेपाली समुदायको बहुल बसोबास रहेका राज्यहरुमा समेत नेपाली भाषालाई मान्यता स्थापित गर्न नसक्दा हामी राज्यका सूचनाहरुबाट बेखबर त भएका छन्, नै स्थानीय सरकारबाट प्रदान गरिने सुविधाभोगबाट पनि बन्चित हुनुपरेको छ । नेपाली समुदायको हितमा काम गर्न दर्जनौ संघसंस्था स्थापित त छन् तर समुदायले भोग्नु परेको यी सवालहरुमा साझा ढंगले समाधानको प्रयास भने निकै कम मात्र हुने गरेको गुनासो सुन्न पाइन्छ । 

नेपाली समुदायमा देखिएका यी सवाल र साझा सरोकारका बारेमा समुदायलाई सचेत गर्ने र समाधानमा उत्प्रेरित गर्दै स्थानीयदेखि राज्य सरकारसम्म झक्झक्याउन सशक्त संचार माध्यम आज टडकारो आवश्यकता हो । यही अभावलाई पुरा गर्नका लागि विश्वको आर्थिक राजधानी भनेर चिनिएको न्युयोर्क शहरबाट एक सामुदायिक संचार माध्यम एनवाइसिनेपालडटकम नामक मल्टिमिडिया समाचार वेभसाइट शुरु भएको हो । नेपालका राष्ट्रिय दैनिक, टेलिभिजन तथा रेडियो पत्रकारितामा झण्डै दुईदशकको अनुभव प्राप्त गरेका नेपाली पत्रकारहरुको समूहले संचालनमा ल्याएको यो मल्टीमिडिया अनलाईन पत्रिका हो । नेपाली अनलाईन पत्रिकाहरुको माझमा केही फरक अवधारणासहीत शुरुवात गरेको यस डिजिटल मिडियाको मुख्य उद्देश्य परदेशी भूमिमा नेपाली समुदायको गतिविधि, सरोकार र समस्याहरुको उजागर गर्दै समाधानमा उत्प्रेरित गर्नु नै हो । यसैगरी परदेशमा रहेका हामी नेपालीलाई जन्मभूमिसंग जोड्ने सेतुको भूमिकासंगै विदेशी भुमिमा छरिएर रहेका नेपाली नेपालीबीच पनि जोड्ने अभियान हो । 

यो अभियान कसैको स्वार्थ पुरा गर्ने र समयक्रममा हराएर जाने प्रकृतिको नहोस् भन्ने हाम्रो मुख्य अभिप्राय छ । यसको लागि हामीले मुनाफारहीत संस्था एनवाइसी नेपाल कम्युनिटी मिडिया नेटवर्क इन्क स्थापना गरेका छौं । 

अवसरको खोजीका क्रममा अमेरिकामा पनि नेपालीहरुको संख्या बढ्दै गइरहेको सन्दर्भमा अमेरिकामा “नेपाली अमेरिकन” पहिचान स्थापनाको अभियानलाई थप प्रखरता ल्याउनु यो अनलाईन पत्रिकाको अर्को महत्वपूर्ण उदेश्य हो । नेपाली समुदायका हरेक गतिविधि, सरोकार, सवाल, मुद्दा र अभियानलाई प्राथमिकतामा राखेर रिपोर्टिङ र प्रकाशन गरी सबैको साझा र एकमात्र संचारमाध्यम बनाउने लक्ष्य एनवाइसिनेपालडटकमको रहेको छ । यो लक्ष्य हासिलको लागि हामी केही संचारकर्मीहरुको मात्र प्रयास पर्याप्त हुन सक्दैन । यस अभियानमा नेपाली संचारकर्मीसंगै अमेरिका विषेश गरी न्युयोर्कमा रहेका नेपाली संघसंस्थाहरु, व्यवसायीहरु, सामाजिक अगुवाहरु र सम्पूर्ण नेपालीहरुको हातेमालोको आवश्यकता छ । यो अभियान कसैको स्वार्थ पुरा गर्ने र समयक्रममा हराएर जाने प्रकृतिको नहोस् भन्ने हाम्रो मुख्य अभिप्राय छ । यसको लागि हामीले मुनाफारहीत संस्था एनवाइसी नेपाल कम्युनिटी मिडिया नेटवर्क इन्क स्थापना गरेका छौं । यही संस्था अन्तर्गत अनलाईन पत्रिका एनवाइसिनेपालडटकम र पडकाष्ट तथा युट्युब च्यानल संचालनमा आएका छन् । यसकासाथै संचारसंग सम्बन्धीत अन्य गतिविधिहरु समेत प्राथमिकताको आधारमा संचालन गर्दै जाने यस संस्थाको योजना रहेको छ ।