
न्यू योर्क। संघीय सरकारले हलोविनको बाल परेडमै टियर ग्यास प्रहार गरि मानिसहरू गिरफ्तार गरेको छ।
संघीय आप्रवासन अधिकारीहरूले अक्टोबर ३१ मा सिकागोमा निकालिएको बालबालिकाको हेलोविन परेडमा टियर ग्यास प्रहार गरि मानिसहरू पक्राउ गरेको हो। राष्ट्रपति डोनाल्ड ट्रम्पको मास डिपोर्टेशन नीति अन्तर्गत चलाएको “अपरेसन मिडवे ब्लिट्ज”थियो छापाले चाडबाडको दिन आतंक पैदा गरेको थियो। ओल्ड अर्भिङ पार्कमा बालबालिका र परिवारहरू हेलोविन परेड मनाइरहेका बेला संघीय आप्रवासन अधिकारीहरूले छापा मार्दै टियर ग्यास प्रहार गरेका थिए।
आँखा पोल्ने धुवाँ फैलिँदा साना बालबालिका रुँदै भागेका थिए भने अभिभावकहरूले मुख ढाकेर आफूलाई जोगाउने प्रयास गरेका थिए।
आँखा पोल्ने धुवाँ फैलिँदा साना बालबालिका रुँदै भागेका थिए भने अभिभावकहरूले मुख ढाकेर आफूलाई जोगाउने प्रयास गरेका थिए। छापाका क्रममा एक ६७ वर्षे अमेरिकी नागरिकलाई गाडीबाट तानेर भुइँमा पछारिएको भिडियो भाइरल बनेको थियो। उनलाई छातिको हड्डी भाँचिएको र आन्तरिक रक्तस्राव भएको रिपोर्टमा जनाइएको छ। संघीय अधिकारीहरूले भने ती व्यक्ति "संघिय सुरक्षा अधिकारीमाथि आक्रमण”मा संलग्न भएको दावि गरेका छन्।
घटनापछि इलिनोइस गभर्नर जेबी प्रिट्जकरले होमल्याण्ड सेक्युरिटी, आईस र बर्डर पेट्रोललाई पत्र पठाएर हेलोविन सप्ताहन्तमा अस्थायी रूपमा कारबाही रोक्न माग गरेका थिए। तर डिपार्टमेण्ट अफ होमल्याण्ड (डीएचएस) सेक्रेटरी क्रिस्टी नोमले पत्रकार सम्मेलन गरेर उनको आग्रह अस्वीकार गरिदिइन्।
“हामी समुदाय सुरक्षित राख्ने काम कुनै पनि समयमा रोक्दैनौं। फेडरल कानून कार्यान्वयनमा छुट्टी हुँदैन,” उनले भनिन, “हेलोविनमा पनि फुल फोर्समा कारबाही जारी रहने छ।” नोमले प्रिट्जकरको मागलाई “लाजमर्दो” भन्दै आलोचना समेत गरिन्।
छापा लगत्तै परेड रद्द गरिएको थियो। स्थानीय बासिन्दा र मानवअधिकार समूहहरूले संघीय एजेन्सीमाथि “बालमैत्री क्षेत्र”मा बल प्रयोग गरेको आरोप लगाएका छन। घटनापछि एकजना फेडरल न्यायाधीशले बोर्डर पेट्रोलका क्षेत्रीय निर्देशक ग्रेगोरी बोभिनोलाई दैनिक अदालतमा उपस्थित हुन र बल प्रयोगसम्बन्धी प्रतिवेदन बुझाउन आदेश दिएका छन। धेरै सुरक्षा अधिकारीहरूले अनुहार र परिचय ढाकेकाले अदालतले सबै सुरक्षा एजेन्सीलाई स्पष्ट नाम/पहिचानसहित ब्याज लगाउन निर्देशन दिएको छ।
मानवअधिकारवादी वकिलहरूले यस घटनाबाट डीएचएसले “संवेदनशील स्थान” सम्बन्धी नीति (विद्यालय, घर, धार्मिक स्थल आदि नजिक कारबाही निषेध) उल्लङ्घन गरेको दाबी गर्दै छानबिन थालेका छन्।










प्रतिक्रिया