२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

च्याम्पियन मार्शल आर्ट्सको क्यू वेल्ट टेस्ट कार्यक्रम सम्पन्न

च्याम्पियन मार्शल आर्ट्सको क्यू वेल्ट टेस्ट कार्यक्रम सम्पन्न

न्यूयोर्क। च्याम्पियन मार्शल आर्ट्सको क्यू वेल्ट टेस्ट कार्यक्रम सम्पन्न भएको छ। उक्त परीक्षण कार्यक्रममा च्याम्पियन मार्शल आर्ट्सका संस्थापक र प्रमुख प्रशिक्षक सुनिल लामा र प्रशिक्षक जनक सिंह खड्काले प्रमुख परीक्षकको भूमिका निभाए।

यस वेल्ट टेस्टमा बंगलादेश, अमेरिका, फिलिपिन्स, मेक्सिको, थाईल्याण्ड र नेपालका २२ खेलाडीहरुले सहभागिता जनाएका थिए। सहभागी खेलाडीहरु विभिन्न क्यू श्रेणीमा थिए। क्यू १९ मा ५ जना, क्यू १८ मा ८ जना र क्यू १७ मा ९ जना खेलाडीहरु थिए।

वेल्ट टेस्टमा उत्तीर्ण सबै खेलाडीहरुलाई उनीहरुको उपस्थित अभिभावकबाट प्रमाणपत्र, वेल्ट र च्याम्पियन मार्शल आर्ट्सको टि(शर्ट प्रदान गरिएको थियो।

प्रमुख प्रशिक्षक र च्याम्पियन मार्शल आर्ट्सका सीईओ, ११ औं साग स्वर्ण पदक विजेता  लामा र प्रशिक्षक खड्का खेलाडीहरुलाई निरन्तर कराते प्रशिक्षण दिइरहेका छन् र उनीहरूको दक्षता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याइरहेका छन्।

प्रतिक्रिया