
न्यू योर्क्। क्विनिपियाक विश्वविद्यालयको पछिल्लो सर्वेक्षणले जोहरन माम्दानी न्यूयोर्क सिटी मेयर चुनावमा आफ्ना प्रतिस्पर्धीहरूभन्दा करिब १० अंकले अगाडि रहको देखाएको छ। यो अवस्था यथावत् रह्यो भने उनी निर्णायक जीतको नजिक छन्।
अक्टोबर २३ देखि २७ सम्म गरिएको सर्वेक्षणमा सम्भावित मतदातामध्ये माम्दानीले ४३ प्रतिशत मत, एन्ड्र्यू कुमोले ३३ प्रतिशत र कर्टिस स्लिवाले प्रतिशत मत पाएका छन् । बाँकी ६ प्रतिशत अनिर्णित र ३ प्रतिशतले जवाफ दिन अस्वीकार गरेका छन् । सर्वेक्षणको त्रुटि सीमाना ±४.० प्रतिशत छ। सर्वेक्षण नमूना आकार ९११ सम्भावित मतदाता थिए।
यसअघि अक्टोबर ९ मा गरिएको क्विनिपियाक सर्वेक्षणमा माम्दानीले ४६ प्रतिशत कुमोले ३३ प्रतिशत, र स्लिवाले १५ प्रतिशत समर्थन पाएका थिए ।
मतदाताको विभाजन (दलगत हिसाबले):
डेमोक्र्याट मतदाता: माम्दानी ५९ प्रतिशत, कुमो ३१ प्रतिशत, स्लिवा ४ प्रतिशत।
रिपब्लिकन मतदाता: कुमो ४५ प्रतिशत, स्लिवा ४४ प्रतिशत, माम्दानी ५ प्रतिशत।
स्वतन्त्र मतदाता: माम्दानी र कुमो दुवै ३४ प्रतिशत, स्लिवा १८ प्रतिशत।
उमेर अनुसार:
१८–३४ वर्ष: माम्दानी ६४ प्रतिशत, कुमो २० प्रतिशत, स्लिवा ७ प्रतिशत।
३५–४९ वर्ष: माम्दानी ५० प्रतिशत, कुमो २५ प्रतिशत, स्लिवा १३ प्रतिशत।
५०–६४ वर्ष: कुमो ४१ प्रतिशत, माम्दानी ३५ प्रतिशत, स्लिवा १७ प्रतिशत।
६५ वर्ष माथि: कुमो ३९ प्रतिशत, माम्दानी ३३ प्रतिशत, स्लिवा १९ प्रतिशत।
क्षेत्र अनुसार:
म्यानह्याटनमा माम्दानी ५२ प्रतिशत, कुमो २९ प्रतिशत।
स्टेटन आइल्याण्डमा माम्दानी ३३ प्रतिशत, कुमो २७ प्रतिशत, स्लिवा २९ प्रतिशत।
मतदाताको दृढता:
माम्दानीका समर्थकमध्ये ९२ प्रतिशत ले मत परिवर्तन सम्भावना छैन भनेका छन् ।
कुमोका ९० प्रतिशत, स्लिवाका ८१ प्रतिशत, समर्थक पनि स्थिर देखिएका छन् ।
अनिर्णित मतदाता अघिल्लो सर्वेक्षणको ३ प्रतिशत, बाट ६ प्रतिशत पुगेका छन् ।
प्रमुख मुद्दाहरू:
अपराध (२६ प्रतिशत),
सस्तो आवास (१९ प्रतिशत),
मूल्यवृद्धि (१३ प्रतिशत),
स्वास्थ्य सेवा (१० प्रतिशत)।
दलगत प्राथमिकता:
डेमोक्र्याटहरूका लागि सस्तो आवास सबैभन्दा ठूलो मुद्दा (२५ प्रतिशत)।
रिपब्लिकनहरूका लागि अपराध मुख्य विषय (५२ प्रतिशत)।
विश्लेषकहरूका अनुसार माम्दानीको लगातार दोहोरो अंकको अग्रताले उनी न्यूयोर्क सिटीको मेयर बन्ने सम्भावनामा बलियो छन् । तर चुनाव नजिकिँदै जाँदा अपराध, आवास र मूल्यवृद्धि जस्ता संवेदनशील मुद्दाहरूले मतदाताको निर्णयमा प्रभाव पार्न सक्ने उनीहरूको भनाई छ ।




प्रतिक्रिया