ज्ञानु थापामगरले बाल्यकालमा खासै दुख भोग्नु परेन। इन्डियन आर्मीको छोरी ज्ञानुले परिवारको रोजाइमा १४ बर्षमा नै इन्डियन आर्मीसँगै नै विवाह गरिन्। विवाह गरेपछि ४ जना लालाबालासँगै घर सम्हालेर बसिन्। श्रीमान अमेरिका आएपछि ज्ञानु पनि नाबालक ४ बालबच्चासहित श्रीमानको पछि लागेर अमेरिका आइन्। अमेरिका आएको ८ महिना नबित्दै ज्ञानुले कल्पना समेत नगरेको बज्रपात सहनु पर्यो। काममा गएको श्रीमानको गाडीको ठक्करबाट मृत्यु भएपछि ज्ञानु छोराछोरीको लागि पनि बाँच्नु पर्छ भनेर होटेलमा काम गर्न थालिन। ३७ बर्षमा नै एकल महिला हुन पुगेकी ज्ञानुले ४ जना साना साना छोराछोरीसहित संघर्ष गरेर बाँच्नु साह्रै चुनौतीपूर्ण थियो। तर उनले हार मानिन्, होटेलमा सेल पकाउने, भाँडा माझ्ने काम गरिन् र छोराछोरीलाई बुबा र आमा दुबैको माया दिइन्। घरमा साना साना छोरा छोरी छोडेर उनले रातमा समेत काम गरिन्। होटेलमा काम गर्दा गर्दै होटेल चलाउने ज्ञान सिकिन्। तिनै ज्ञानु अहिले नेपाली अथेन्टिक नेपाली खानालाई अन्तर्राष्ट्रिय बजारमा गोर्खाली रेष्टुरेन्टमार्फत ब्रान्डिङ गरिरहेकी छिन्। हरेक अप्ठ्यारामा समाधान खोज्ने ज्ञानुले अमेरिकाको न्यू योर्कको ज्याक्सन हाइट र ब्रुक्लिनमा २ वटा गोरखाली रेष्टुरेन्ट चलाईरहेकी छिन्। औपचारिक शिक्षा समेत पूरा गर्न नपाएकी ज्ञानुले अहिले २२ जनालाई जागिर दिएकी छन्। मःम, दालभात, ढिडोलाई ब्रान्डको रुपमा स्थापित गर्न उनी लागि परेकी छन्। उनै ज्ञानुसँग एनवाइसी नेपाल न्युज डटकमकी समपादक मच्छे गुरुङले गरेको कुराकानीको सम्पादित अंशः





प्रतिक्रिया