०४ माघ २०८२, शनिबार
Sat, Jan 17, 2026
SUBSCRIPTION

केआरएसए तिहारमय

केआरएसए तिहारमय

न्यू योर्क। किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) ले नोभेम्बर २ मा देउसी भैलो कार्यक्रम आयोजना गरेको छ। केराएसए न्यू योर्क च्याप्टरले दिपावलीको उपलक्ष्यमा आफ्ना सदस्यहरुसँग शुभकामना आदानप्रदान गर्न देउसी भैलो कार्यक्रम आयोजना गरेको।

दउसी भैलो कार्यक्रम संयोजक मेघनाथ राईले कार्यक्रम सफलतापूर्बक सम्पन्न भएको बताए। ‘हामी हरेक वर्ष तिहारमा हाम्रा सदस्यहरुबीच सुख समृद्धिको शुभकामना आदानप्रदान गर्न देउसी भैलो कार्यक्रम आयोजना गछौं,’ उनले भने, ‘यो कार्यक्रम त्यसैको निरन्तरता हो।’

कार्यक्रममा बालबालिका सहित कम्तिमा १५० किरात राई उपस्थिति थिए। उनीहरुले देउसी भैलो गीत तथा नृत्य गरेर रमाइलो गरेका थिए। देउसी भैलो कार्यक्रममामा डिजे राजाले ‘डिजेइङ’ गरेका थिए।  सन्निसाइड स्थित स्पाइसी नेपाल रेस्टुरेन्ट भित्र र ब्याकयार्डमा साँझ ७ बजे सुरु भएको कार्यक्रम विहान १ बजे टुंगिएको थियो।

केआरएसए न्यू योर्क च्याप्टरले हरेक दिपावलीमा देउसी भैलो कार्यक्रम आयोजना गर्छ। यो कार्यक्रममा शुभकामना आदानप्रदान, किरात राई सदस्यबीच सम्बन्ध बिस्तार, सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ।

प्रतिक्रिया