२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

शाम्बाला अस्कर प्रतिस्पर्धाका लागि छनौट

शाम्बाला अस्कर प्रतिस्पर्धाका लागि छनौट

काठमाडौँ — शाम्बाला नेपालबाट अस्कर प्रतिस्पर्धाका लागि छनौट भएको छ । नेपालस्थित छनौट समितिले ९७ औं अस्करका लागि यो फिल्म छनौट गरेको हो । 

शाम्बालाले बर्लिनको प्रमुख प्रतिस्पर्धामा छनौट हुने पहिलो नेपाली फिल्मको इतिहास रचेको थियो। 


शाम्बाला मीनबहादुर भामद्वारा निर्देशित फिल्म हो। यो फिल्मको हालै काठमाडौंमा प्रिमियर गरिएको थियो शाम्बालाले बर्लिनको प्रमुख प्रतिस्पर्धामा छनौट हुने पहिलो नेपाली फिल्मको इतिहास रचेको थियो। यो फिल्मले हालै लोकार्नोमा अवार्ड उचालेको थियो । फिल्मकी प्रमुख अभिनेत्री थिन्ले ल्हामोले उत्कृष्ट अभिनयका लागि बोक्कालिनो डिओर प्राप्त गरेकी थिइन् ।

यही फिल्मको प्रिमियरका लागि हालै बलिउडबाट निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दिन सिद्दकी नेपाल आएका थिए । उनीहरुको उपस्थितिले फिल्म क्षेत्रमा शाम्बालाको ठूलो चर्चा छ ।

प्रतिक्रिया