न्यू योर्क । नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपाल सरकारका परराष्ट्रमन्त्री शिशिर खनाललाई भोटेकोशीमा आएको बिनाशकारी बाढीपछि अमेरिकामा रहेका नेपालीलाई टिपिएस प्रदान गर्नका लागि अमेरिकी सरकारसँग कुटनितिक पहल गरीदिन नेपाल सरकारलाई अनुरोध गर्दै ज्ञापन पत्र बुझाएको छ । साथै नर्दन क्यालिफोर्निया च्याप्टरले क्यालिफोर्नियाको सानफ्रान्सिस्कोस्थित नेपाली महाबाणिज्य दूतावास पुनः सञ्चालन गर्न अनुरोध गर्दै ज्ञापन पत्र बुझाएको छ। एनआरएनए अमेरिकाले न्यू योर्कमा आयोजना गरेको कार्यक्रममा जनसम्पर्क समिति न्यूयोर्क र नर्दन क्यालिफोर्निया च्याप्टरले अमेरिकामा बसोबास गर्ने नेपालीहरूको प्रतिनिधीत्व गर्दै छुट्टा छुट्टै बिषयमा मन्त्री खनाललाई ज्ञापनपत्र बुझाएको हो । बिगतमा जनसम्पर्क समिति अमेरिकाको बिशेष पहलमा स्थापना भएको महाबाणिज्य दूतावास अहिलेको सरकार निर्माण भएसँगै जनसम्पर्क समिति नर्दन क्यालिफोर्निया च्याप्टरले सानफ्रानसिस्कोस्थित नेपाली महाबाणिज्य दूतावास पुनः सञ्चालन गर्न सरकारसँग अनुरोध गर्दै ज्ञापनपत्र बुझाएको हो ।
नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्निया च्याप्टरको ज्ञापन पत्र समितिका केन्द्रीय सह–महामन्त्री अनिता परियारले बाचन गरेका थिए भने न्यूयोर्क च्याप्टरका महामन्त्री सुवास केसीले बुझाएको ज्ञापन पत्रलाई थोरै अंश पढेर सुनाएका थिए ।जनसम्पर्क समितिका केन्द्रीय सभापति मुनिन्द्र नेम्बाङले नेपाली समुदायको आवाजलाई सरकारसम्म पुर्याउन ज्ञापनपत्र बुझाउने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने पदाधिकारी, सदस्य तथा दुवै च्याप्टर समितिलाई सामाजिक सञ्जालमार्फत धन्यवाद व्यक्त गरेका छन् । सभापति नेम्बाङले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका प्रत्यक्ष सरोकारका विषय भएकाले ज्ञापनपत्रमा उठाइएका मागलाई गम्भीरतापूर्वक लिई यथाशीघ्र सम्बोधन गर्न नेपाल सरकारसँग आग्रह समेत गरेका छन् । ज्ञापनपत्र बुझाउन कार्यक्रममा नेतृत्वदायी भूमिका निर्वाह गरेका नेपाली कांगे्रसका आमन्त्रित केन्द्रीय सदस्य खगेन्द्र जिसी, समितिका उप–सभापति संजिव श्रेष्ठ, निमा बम्जन, सह–महामन्त्री परियार, केन्द्रीय सदस्य मिन खड्का, दिनेश डाँगी र न्यूयोर्क च्याप्टरका तर्फबाट बरिष्ठ उपसभापति न्वाङ पुरी शेर्पा, उपाध्यक्ष भिमसेन श्रेष्ठ, महामन्त्री सुवास केसी, सदस्यहरू महदत्त कँडेल, टासी शेर्पा, निर्मला बराल र भरत भट्टराई लगायत सहभागी थिए । 








प्रतिक्रिया