२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

नेपालमा विकसित घटनाक्रमलाई लिएर फिप्नाको आकस्मिक बैठक

नेपालमा विकसित घटनाक्रमलाई लिएर फिप्नाको आकस्मिक बैठक

न्यू योर्क। नेपालमा विकसित राजनीतिक घटनाक्रमलाई लिएर नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आकस्मिक बैठक बसेको छ।

मंगलबार साँझ बसेको बैठकले जेन जी आन्दोलनमा ज्यान गुमाउनेहरुप्रति गहिरो समवेदना प्रकट गर्दै नेपालमा भएको राजनीतिक परिवर्तनप्रति आफ्नो दृष्टिकोण र भुमिका के हुनसक्छ भन्ने विषयमा छलफल गरेको छ।

बैठकमा नेपालका आदिवासी जनजाति सम्बद्ध करिब एक दर्जन संघसंस्थाका प्रतिनीधि र सामाजिक अगुवाहरु सहभागी थिए। उनीहरुले जेन जी पुस्ताको परिवर्तनको चाहानाप्रति सम्मान व्यक्त गर्दै आन्दोलनका उपलब्धीहरु कसरि जोगाउन सकिन्छ र त्यसमा आदिवासी जनजाति र मधेशी समुदायका चासो कसरि सम्बोधन गराउन सकिन्छ भन्ने विषयमा धारणा राखेका थिए। 

नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गरेका हौं, फिप्नाका अध्यक्ष तोरण गुरुङले भने, हाम्रा सदस्य संस्थाका प्रतिनीधिहरुले विकसित राजनीतिक घटनाक्रममा राष्ट्रियता, संघीयता, समावेशी लोकतन्त्र, मानवअधिकार, सेनाको भूमिका, जेन जी पुस्ताको राजनैतिक विचार, वैदेशिक हस्तक्षेपको संभावना लगायतका विषयमा चासो र चिन्ता व्यक्त गर्नुभयो। उनका अनुसार यी विषयमा खबरदारी गर्न फिप्नालाई सुझाव छ। 

बैठकपछि फिप्नाले कुनै आधिकारिक धारणा त जारी गरेन। तर, विकसित राजनीतिक घटनाक्रम अनुसार राष्ट्रियता, संघीयता, समावेशी लोकतन्त्र, मानवअधिकार जगेर्ना गर्न फिप्नाले खबरदारी गर्ने र आवश्यक परे यहाँस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयको ढोका ढक्ढक्याउने सोच बनाएको छ।

बैठकमा फिप्नाका सल्लाहकारत्रय लोक चेम्जोङ, टेक गुरुङ, वरिष्ठ उपाध्यक्ष पेमा लामा र कुलदिप रानामगर, महिला उपाध्यक्ष ममता राई, कोषाध्यक्ष कृष्ण माया महर्जन, शेर्पा किदुक अध्यक्ष तेम्बा शेर्पा, मगर संघ अमेरिकाका अध्यक्ष दिपसागर बुढामगर, आदिवासी अगुवाहरु अमित गुरुङ, लिला राई, निरज घले लगायतका सहभागीहरुले धारणा राखेका थिए। 

 

प्रतिक्रिया