२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

फिप्नाद्धारा न्यूयोर्कमा बृहत आदिवासी जनजाति साँस्कृतिक साँझ आयोजना

क्वीन्सको उडसाइडस्थित गुल्सन टेरेस हलमा जुन २७ तारिक बेलुका आयोजना गरिएको साँस्कृतिक कार्यक्रममा फिप्नामा आवद्ध जातिय सदस्य संस्थाहरुको परम्परागत संस्कृति झल्किने गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।
फिप्नाद्धारा न्यूयोर्कमा बृहत आदिवासी जनजाति साँस्कृतिक साँझ आयोजना


न्यूयोर्क । नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना)ले विभिन्न आदिवासी समुदायको साँस्कृतिक परम्परा झल्किने कार्यक्रम बृहत आदिवासी जनजाति साँस्कृतिक साँझ २०२५ आयोजना गरेको छ । 
क्वीन्सको उडसाइडस्थित गुल्सन टेरेस हलमा जुन २७ तारिक बेलुका आयोजना गरिएको साँस्कृतिक कार्यक्रममा फिप्नामा आवद्ध जातिय सदस्य संस्थाहरुको परम्परागत संस्कृति झल्किने गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । नेपाली आदिवासी जनजाति समुदायको संस्कृति तथा परम्पराको संरक्षण  र प्रवद्र्धन गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको फिप्नाका अध्यक्ष तोरण बहादुर गुरुङले एनवाइसीनेपालन्युजलाई बताए । फिप्नाको संस्थागत विकासको गतिविधि अन्तर्गत दोस्रो पटक यसप्रकारको बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरेको र कार्यक्रममा न्यूयोर्कमा बसोबास गर्ने सबै नेपाली समुदायको सहभागिता रहेकोमा अध्यक्ष गुरुङले सबैप्रति आभार प्रकट गरे ।


काठमाडौ उपत्यकाको जीवित देवीको रुपमा पुजिने कुमारी देवीको नृत्यबाट शुरु भएको साँस्कृतिक कार्यक्रममा विभिन्न समुदायको गीतसंगीतले कार्यक्रमलाई निकै आकार्षक बनाएको थियो । कार्यक्रममा तामाङ समुदायको तर्फबाट डम्फु गीत प्रस्तुत गरिएको थियो भने शेर्पा, मगर, नेवा, थारु लगायतका आदिवासी संस्थाहरुले आफ्नो आफ्नो परम्परागत गीत तथा नृत्य प्रस्तुत गरेका थिए । गूरुङ र मगर समुदायको गीतको तालमा सहभागी सबै झुमेको देखिन्थ्यो । यसैगरी लिम्बु आदिवासी कलाकारहरुले प्रस्तुत गरेको ढोल र झ्याम्टको बाजा तथा राई आदिवासीको मौलिक साकेला नाचले माहोललाई आदिवासीमय बनाएको थियो । 


सो अवसरमा क्वीन्स काउन्टी अन्तर्गत डिस्ट्रक्ट ३० का काउन्सिल मेम्बर रोबर्टन हल्टन र लिडर फिल वाङले फिप्नाले नेपाली आदिवासी समुदायको साँस्कृतिक परम्परा संरक्षणमा खेलेको भूमिकोको प्रसंसा गर्दै सम्मान पत्र समेत प्रदान गरेका थिए । फिप्नाको बरिष्ट उपाध्यक्ष पेमा लामाले सहभागी सबैलाई स्वागत गर्दै फिप्नाले दोस्रो पटक आयोजना गरेको यस कार्यक्रमलाई सफल पार्न सहभागी सबै नेपाली समुदायलाई धन्यवाद दिए । कार्यक्रम फिप्नाका महासचिव दिपक चौधरी र सचिव दाजिमा शेर्पाले संचालन गरेका थिए । 

 

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू