२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

फिप्नाले ३१ औँ विश्व अन्तर्राष्ट्रिय आदिवासी दिवस विभिन्न साँस्कृतिक झाँकी र र्यालीसहित मनाउने ।

फिप्नाले ३१ औँ विश्व अन्तर्राष्ट्रिय आदिवासी दिवस विभिन्न साँस्कृतिक झाँकी र र्यालीसहित मनाउने ।

 

न्यूयोर्क नेपाल आदिबासी जनजाति महासंघ (फिप्ना) अमेरिकाले ३१औँ विश्व अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाउने भएको फिप्नाको कार्यसमिति बैठकले अगस्ट मा ३१औँ विश्व आदिवासी दिवस मनाउने निर्णय गरेको हो  

आदिवासी जनताको आत्मनिर्णयको अधिकार, खाद्य सुरक्षाको स्वाधीनताको बाटोभन्ने मूल नारासहित विश्व आदिवासी दिवस मनाउने निर्णय गरेको फिप्नाले जनाएको

फिप्नाका अध्यक्ष  तोरण गुरुङले फिप्नामा आवद्ध  १८ वटा संस्थाका नेपाली आदिवासी जनजाति समुदायहरूले जनजातिहरूको मातृभाषा लोक भाकामा बनेका गीत, साँस्कृतिक झाँकी विभिन्न जातिय भेषभूषासहित अगष्ट को दिन उडसाईड एभिन्युको ७२ स्ट्रिट देखि ७९ स्ट्रिटको मध्यभाग सम्म र्याली गरिने पछि मञ्चमा साँस्कृतिक कार्यक्रम गरी अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाउने जानकारी दिए। नेपालको बहुभार्षिक, बहुसाँस्कृतिक तथा जातिय विविधतालाई अमेरिकाको न्यू योर्कमा आदिवासी दिवसको अवसरमा प्रस्तुत गरिने फिप्नाको तयारी छ। 

झाँकीसहितको र्याली बिहान १० बजे उडसाईड एभिन्युको ७२ स्ट्रिटमा जम्मा भएर ७९ स्ट्रिटको मध्यभागको मञ्चमा प्रवेश गरी मूल समारोह कार्यक्रममा परिणत हुनेछ कार्यक्रममा विदेशी आदिवासी जनजातिहरू पनि उपस्थित हुनेभएको न्यू योर्कमा रहेका विभिन्न सरकारी निकायका प्रमुख, राजनीतिज्ञहरू, नेपाल सरकार अन्तर्गतका प्रतिनिधीहरू, विशिष्ट आदिवासी जनजाति व्यक्तित्वहरू, जातिय संस्था सम्बद्ध संस्थाका अध्यक्ष तथा सदस्यहरु लगायत विभिन्न क्षेत्रका आदिवासी जनजाति सम्बद्ध संस्थाका हजारौँको संख्यामा उपस्थिति रहने फिप्नाकोअपेक्षा छ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू