२४ असार २०८२, मङ्गलबार
Tue, Jul 8, 2025
SUBSCRIPTION

सरल नेपालीको वार्षिकोत्सव

सरल नेपालीको वार्षिकोत्सव

 

न्यू योर्क। नेपाली कक्षा सञ्चालन गरिरहेको सरल नेपाली भाषा तथा संस्कृति केन्द्र (एसएनएलसिसी) ले आठौँ वार्षिक उत्सव मनाएको छ। 

एसएनएलसिसीले ८ सेप्टेम्बरमा वार्षिकोत्वस मनाएको हो। वार्षिकोत्सवको उपलक्ष्यमा वनभोज कार्यक्रम सम्पन्न गरेको छ। वनभोजमा विद्यार्थी तथा उनीहरुका परिवार सहभागी थिए। वनभोज तथा वार्षिकोत्सव कार्यक्रम न्युयोर्कस्थित फरेष्ट पार्कमा सम्पन्न गरेको हो । 


शिक्षिका सरस्वती राई र पदमा लिंखा मगरले आठ जना विद्यार्थीहरूबाट एउटा स्टुडियोमा शुरु गरेको यस भाषा पाठशालामा हाल प्राविधिक, शिक्षक, बोर्ड, स्वयंसेवक गरी करिव २५ जनाको टिम छ भने १८० को हाराहारीमा अमेरिका, युरोप, फ्रान्स लगायतका विद्यार्थीहरू अनलाइनमा नै अध्ययन गर्छन्। 
पाठशाला नेपाल बाहेक कुनै पनि राष्ट्रबाट विद्यार्थीहरूले निस्शुल्क अध्ययन गर्न पाउँछन्। 

प्रतिक्रिया