२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

आईएमए निहोन करातेले जित्यो पाँच स्वर्णसहित १४ पदक

लिंकन हाईस्कूल योङकरको जिम्नेजियम हलमा भएको वार्षिक प्रतियोगितामा ३८० भन्दा बढ़ी खेलाडीहरूको सहभागिता रहेको थियो।
आईएमए निहोन करातेले जित्यो पाँच स्वर्णसहित १४ पदक

न्यूयोर्क । बक्स्टर कराते डोको आयोजनामा भएको न्यूयोर्क ओपन कराते च्याम्पियनशिप प्रतियोगितामा उडसाइडको आइएमए निहोन कराँते डोले पाँच स्वर्णसहित १४ पदक जितेको छ । लिंकन हाईस्कूल योङकरको जिम्नेजियम हलमा भएको वार्षिक प्रतियोगितामा ३८० भन्दा बढ़ी खेलाडीहरूको सहभागिता रहेको थियो। 

उक्त प्रतियोगितामा आईएमए निहोनकराते डो को १३ जना खेलाड़ीहरुको सहभागिता रहेको थियो । सहभागीखेलाड़ीहरुले ५ स्वर्ण २ रजत  ७ काश्य गरि जम्मा १४ पदक हाशिल गर्नसफल भएको आइएमए कराते डोका प्रमुख प्रशिक्षक शिहान शानत थोकरले जानकारी दिए। बिभिन्न उमेर समुहमा भाग लिएका खेलाडीहरुमध्य लोजिना नेम्बांगले व्यक्तिगत काता तथा कुमिते दुबैमा गरी २ स्वर्ण जितेका छन् । यस्तै झोउ डोंग ले काता तथा कुमिते दुबैमा गरी २ स्वर्ण जितेका छन भने इजिता मल्लले कातामा १ स्वर्ण हासिल गरेका छन । 

यस्तै पल्सी गुर्माचन र जांगमू तामांगले व्यक्तिगत कुमिते तथा कातामा क्रमश रजत र काश्य पदक  जीते भने रेयाना गोसालाले काता तथा कुमिते दुबैमा  काश्य पदक प्राप्त गरेका छन् । यस्तै मिनातो ओशिमाले कातामा काश्य पदक जीते भने कुमितेंमा शावन शेरपूंज मगर र एडीन सिरिकोविकले व्यक्तिगत कुमितेमा रजतपदक जितेका छन । 

प्रतियोगितामा अमेरिकाको अन्य राज्यहरुबाट समेत गरी ३८० भन्दाबढ़ी खेलाडिहरुले सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा रेफ्री तथा जज मा अन्तरास्ट्रीय  रेफ्री शान्त थोकर र कोचमा समीर थोकर, मेलिन हुई र यूसेई ओशिमाले जिम्मेवारी निभाएका थिए । 

 

प्रतिक्रिया