२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

ब्रङ्क्समा भीषण आगलागी, कम्तिमा ८ घाइते, २५० ‘होमलेस’

ब्रङ्क्समा भीषण आगलागी, कम्तिमा ८ घाइते, २५० ‘होमलेस’

न्यू योर्क। ब्रङ्क्समा भएको भीषण आगलागीबाट कम्तिमा आठ घाइते भएका छन्। कम्तिमा दुई सय ५० मानिसको बासस्थान गुमेको छ। त्यसमा कम्तिमा ५७ बालबालिका रहेको बताइएको छ।

आगलागी ब्रङ्क्सको वालेस एभेन्युस्थित मेफेयर अपार्टमेन्टबाट सुरु भएको थियो। आगलागी अपार्टमेन्ट बिल्डिङको छैटौँ तलाबाट शुक्रबार बिहान करिब १ः४० बजेदेखि सुरु भएको जनाइएको छ। 

आगो नियन्त्रणमा लिन करिब १२ घण्टा लागेको थियो। त्यसका लागि दुई सय ५० अग्नि नियन्त्रक परिचालन गरिएको सञ्चारमाध्यमहरूले जनाएका छन्। आगलागीको कारण भने पत्ता लागिसकेको छैन।  तर भवन निर्माणसम्बन्धी मापदण्ड मिचेकाले डिपार्टमेन्ट अफ बिल्डिङले त्यहाँ काम गर्न सन् २०१९ मा प्रतिबन्ध लगाएको थियो। त्यसले अपार्टमेन्ट मर्मत सम्भारका असर गरेको थियो।

उक्त बिल्डिङमा बसोबास गर्ने मानिसहरूले मर्मत सम्भार बन्द भएपछि अपार्टमेन्ट भवनको माथिल्लो भागमा रहेको डिजाइन खस्न थालेको थियो। साथै, उक्त अपार्टमेन्ट भवनको एलेभेटर बारम्बार बिग्रने चुइँकिने ६१ वटा उजुरी डिपार्टमेन्ट अफ बिल्डिङमा परेको थियो।

 

प्रतिक्रिया