२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

न्यू योर्कमा कराते च्याम्पेनसिप प्रतियोगिता हुदै

नेपाली कराते स्कुलको पहिलो पटक कराते च्याम्पियनसिप प्रतियोगिता आयोजना गर्न लागेको हो,
न्यू योर्कमा कराते च्याम्पेनसिप प्रतियोगिता हुदै

न्यू योर्क। न्युयोर्कमा पहिलो पटक नेपाली कराते स्कुलको आयोजनामा कराते च्याम्पियनसिप प्रतियोगिता आयोजना हुने भएको छ। आइएमए निहोन कराते डोको आयोजनामा हुने आइएमए कराते च्याम्पियनसिप २०२४ प्रतियोगिता आगामी डिसेम्बर ८ मा हुने जनाएको छ। प्रतियोगितामा अमेरिकाका सबै राज्य र क्यानाडाबाट खेलाडीहरुले सहभागिता जनाउने र यसका लागि खेलाडी दर्ता प्रक्रिया शुरु भएको आयोजक निहोन करातेका अध्यक्ष तथा प्रमुख प्रशिक्षक शिहान शान्त थोकरले जानकारी दिनुभयो । 

प्रतियोगितामा ६६ वटा प्रतिस्पर्धाका लागि काता र कुमुतेतर्फ गरी १३२ वटा स्वर्ण पदकका लागि खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगितामा उमेर समूहमा ५ वर्ष मुनीदेखि ४५ वर्षभन्दा माथिको गरी १० वटा उमेर समूहले प्रतिस्पर्धा गर्नेछन्। झण्डै ३ सयजना खेलाडीहरुको सहभागिता रहने अपेक्षा गरेको यस प्रतियोगितामा १३२ स्वर्ण पदकसँगै १३२ रजत पदक र २६४ वटा काश्य पदक वितरण गरिने आयोजकले जनाएको छ। यसै गरी प्रतियोगितामा विभिन्न तीन विधामा ग्रयाण्ड च्याम्पियनसिप समेत प्रदान गरिने छ । ग्रयाण्ड च्याम्पियनसिपका विजेताले १ हजार ४०० डलर नगद पुरस्कार हासिल गर्नेछन्। 

यो प्रतियोगिता नेपाली कराते स्कुलले न्युयोर्कमा पहिलो पटक आयोजना गर्न लागेकोले नेपाली समुदायका लागि ठूलो प्रतिष्ठाको रुपमा रहेको आयोजक निहोन करातेका अध्यक्ष एवं प्रमुख प्रशिक्षक थोकरले बताउनु भयो। प्रतियोगितालाई सफल बनाउन नेपाली समुदायका खेलाडी, अभिभावक, अगुवा तथा व्यापारी समुदाय गरी सबैको ऐक्यबद्धता र सहयोगको आवश्यकता रहेको थोकरले बताउनु भयो। १८ वर्षदेखि न्युयोर्कमा कराते स्कुल संचालन गर्दै आएका थोकरले हाल न्युयोर्क क्वीन्सस्थित उडसाइड र फरेष्ट हिलमा इमा निहोन कराते डो संचालन गर्दै आउनु भएको छ ।   

 

 

 

प्रतिक्रिया