सडक छेउको पोल, बार, वा साइनबोर्डसँग चेनले बाँधेर राखेको सेतो रङको साइकल। ‘घोस्ट बाइक्स’ भन्न साथ मानिसको दिमागमा आउने पहिलो कुरा यहि हो। आज हामी तपाईँहरुलाई यहि घोष्ट बाइक अर्थात् भुतिया साइकलको विषयमा केही जानकारी दिने जमको गर्दैछौं।
सडक दुर्घटनामा मृत्यु भएका साइकल चालकको सम्झना र सम्मानमा घोष्ट बाइक दुर्घटनास्थल वा त्यसको आसपास राख्ने गरिन्छ। घोष्ट बाइक एक प्रकारले मृतकलाई सम्झने स्मारक पनि हो। परिवार र आफन्तका लागि घोष्ट बाइक पीडादायी स्मारक हुन सक्छ। कतिपय परिवार र आफन्तले मृतकलाई सम्झिन घोष्ट बाइक भएको स्थानमा मैन बत्ती बालेको वा पूmल अर्पण गरेको पनि देख्न सकिन्छ। मृतकको विवरण, दुर्घटना मिति र सानो सन्देश राखिएका घोष्ट बाइक पनि शहरमा थुप्रै भेटिन्छन्।

घोष्ट बाइकको मुख्य उदेश्य सडक दुर्घटना सम्बन्धी जनचेतना फैलाउनु हो। तपाईँलाई सडक दुर्घटनामा पर्न र घोष्ट बन्नबाट रोक्नु हो। घोष्ट बाइक एउटा अभियान हो।
यो अभियान २००३ मा मिजौरीको सेन्ट लुइसबाट सुरु भएको हो। कारसँग ठोक्किएर एउटा साइकल चालकको मृत्यु भएपछि उनको आत्माको सम्मान गर्न र सडक दुर्घटना सम्बन्धी जनचेतना फैलाउन त्यहाँ पहिलो पटक घोष्ट बाइक राखिएको थियो। यो अवधारणा यति चर्चित भयो कि छोटो समयमै बेलायत, क्यानडा, अस्ट्रेलिया, जर्मनी, इटाली र अन्य योरोपेली राष्ट्रमा फैलियो। घोष्ट बाइक अभियान बन्यो।
यो यस्तो अभियान हो जसले सुरक्षित सडकका लागि सरकार र सर्वसाधारण दुवै तहमा पैरवी गर्छ। यसले हरेक साइकल चालकलाई सडक सुरक्षित छैन भन्छ। हरेक गाडि चालकलाई सडकमा साइकल चालक पनि छन्, सतर्कता अपनाउ भन्छ। सर्बसाधारणलाई कडा नियम बनाउन सरकारलाई दवाब दिन प्रेरिन गर्छ। र, सरकारलाई सडक असुरिक्षत छ भन्ने याद निरन्तर दिलाइ रहन्छ। शडकमा कतिवटा घोष्ट बाइक छन्, त्यसले त्यस शहरका सडक कति सुरक्षित छ भन्ने प्रतिविम्वित गर्छ। सडकमा जति कम घोष्ट बाइक भयो सरकारको छविका लागि त्यति राम्रो।
सबै ठाउँका घोष्ट बाइक राख्न कानूनी झमेला छ। कतिपय ठाउँमा बाटो छेकिने भएकाले घोष्ट बाइक राख्ने स्वीकृति पाइँदैन। घोष्ट बाइक राख्न मृतकका परिवार, आफन्त र समुदायले पहल गर्नुपर्छ। यस्तो पहलमा साइकल चलाउन पैरवी गर्ने स्थानीय समुहहरु पनि लागेको पाइन्छ।
घोष्ट बाइक राखेपनि पनि चुनौतिहरु छन्। जस्तो, साइकलका पाटपूर्जा वा साइकल नै चोरिने खतरा एकतिर हुन्छ भने अर्कोतिर साइकल खिया लाग्ने र लामो समय नटिक्ने समस्या हुन्छ। तर, यसले सुरक्षित सडकका लागि पु¥याएको योगदान अतुलनीय छ।
न्यू योर्क सिटीमा घोष्ट बाइक एनवाइसीले घोष्ट बाइक अभियानका लागि महत्वपूर्ण भुमिका खेलेको छ। यो समुहले घोस्ट बाइक राख्ने र जनचेतना जगाउने काम गर्छ। त्यस्तै जर्मनीको बर्लिन र बेलायतको लण्डनमा पनि यस्ता स्थानीय समुहहरु सक्रिय छन्। घोष्ट बाइक मानिसको भावनासँग जोडिएको एउटा सशक्त तर शान्त अभियान हो। यो अभियान यति शक्तिशाली छ कि यसलाई कुनै धर्म, जात र सीमाले रोक्न सक्दैन। यसको उदेश्क अर्को घोष्ट बाइक राख्नुपर्ने अबस्था नआउने तहमा सडक सुरक्षित बनाउनु हो।





प्रतिक्रिया