२४ असार २०८२, मङ्गलबार
Tue, Jul 8, 2025
SUBSCRIPTION

ग्राफिटी गफ

ग्राफिटी गफ

भित्तामा विभिन्न रङकापांग्रेअक्षर वा अनौठा चित्रहरु देख्नु भएको छैन भने तपाईँ न्यू योर्क बस्नुहुन्न। देख्नु भएको भने कहिल्यै सोच्नु भएको , कुन फुर्सदिलाहरु यो ब्यस्त शहरका भित्ताबिरुपबनाउँदै हिँडिरहेका छन्?

खासमा आधुनिक युगमा भित्ता रङ्ग्याउने काम सुरु गर्ने न्यू योर्क प्रमुख शहर हो। पहिलो सार्वजनिक चासो बनेको ग्राफिटी भने फिलाडेल्फियाको हो। फिलाडेल्फियाको जुभिनाइल डिटेन्सन सेन्टरको भित्तामा लेखिएकोकर्नब्रेडनै आधुनिक ग्राफिटी कल्चरको आधार स्तम्भ हो। डिटेन्सन सेन्टरमा रहँदा ड्यारिल म्यक्रेलाईकर्न ब्रेडमन पथ्र्यो। त्यहि भएर उनले डिटेन्सन सेन्टरबाट निस्कपछि पनि भित्ता, गाडि रेल लगायतमाकर्नब्रेडनिरन्तर लेखिरहे। 

सुरुमा उनको उदेश्य आपूmले मन पराएको केटीको नजरमा पर्नु थियो। त्यहि भएर उनले वैंशमाकर्नब्रेड लभ्स सिन्थियालेख्दै। एउटा सञ्चार माध्यममा गल्तिले कर्नब्रेडको मृत्यु भएको समाचार छापिएपछि उनले त्यति बेलाका चर्चित पप ब्याण्ड ज्याक्सन फाइभको जेटमाकर्नब्रेड लिभ्सलेखे। त्यो ग्राफिटीले खुब चर्चा पाएको थियो। 

न्यू योर्कमा १९६८ मा ग्राफिटी कल्चर सुरु भयो। न्यू योर्कको कोलम्बिया युनिभर्सिटी पेरिसको सोर्बान युनिभर्सिटीका विद्यार्थीहरुले पहिलो पटक १९६८ मा ग्राफिटीलाई आफ्नो आन्दोलनको माध्यम बनाए। उनीहरुले आफ्ना नाराहरुमा ग्राफिटीलाईभिजुअल ल्याङ्ग्वेजका रुपमा प्रयाग गरे। 

भित्तामा आफ्नो नाम लेख्ने सामान्य अभ्यासबाट सुरु भएको ग्राफिटी कलात्मक हस्ताक्षरबाटपांग्रेअक्षर हुँदै पेचिलो कलाको रुपमा विकास भएको छ। अहिले न्यू योर्कका भित्ताहरुमा विभिन्न आकार, प्रकार डिजाइनका सानादेखि भित्तै ढाक्ने सामान्यदेखि जटिल ग्राफिटी देख्न सकिन्छ। म्यानह्याटनको लोअर इस्ट साइडमा रहेको बावरी वालग्राफिटीका लागिआइकनिकस्थल हो। 

लङ आइल्याण्ड सिटीको फाइभ प्वइन्ज ग्राफिटीका लागि विश्व चर्चित थियो। उक्त जग्गाका मालिक जेरी वल्कफले २०१४ मा त्यहाँ रहेका संरचना भत्एकापछि अदालतले ग्राफिटी आर्टिस्टलाई ६७ लाख डलर क्षतिपूर्ति तिराएको थियो। लगभग ग्राफिटी अर्काको नीजि घर सार्वजनिक स्थलमा अनधिकृत रुपमा बनाइन्छ। वल्कफले भने उक्त जग्गा भाडामा दिएका थिए बिना सूचना त्यहाँ बसेका ग्राफिटी कलाकारलाई हटाएका थिए।

ग्राफिटी हिपहप कल्चरको चार मध्ये एउटा तत्व हो। अर्थात्, हिपहप कल्चरमा ग्राफिटीले डिजिङ, एमसिङ बे्रकडान्सिङ जत्तिकै महत्व राख्छ। ग्राफिटीले कलाको एउटा वैधानिक रुपमाको मान्यता पाएको छ। समस्या के भने अर्काको नीजि सम्पतिमा अनधिकृत ग्राफिटी बनाएको अभियोगमा दोषी ठहरिए जरिवानादेखि जेलसम्मको सजाय हुन्छ। जे भएपनि अहिलेको समयमा ग्राफिटी सीमान्तकृतहरुको आवाज मुखरित गर्ने एउटा सशक्त कलात्मक माध्यम हो। यो शान्त विद्रोहको सशक्त माध्यम हो जसको जरा प्राचीन रोमसम्म पुग्छ। रोमनकालिन ग्राफिटीमा पनि राजनीतिक नारा, विज्ञापन व्यक्तिगत विचार हुन्थे। 

प्रतिक्रिया