२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

व्याटल अफ ड्रागन्स विश्व च्याम्पियनसिपमा भूपेन्द्रलाई २ स्वर्ण

व्याटल अफ ड्रागन्स विश्व च्याम्पियनसिपमा भूपेन्द्रलाई २ स्वर्ण

 

न्यू योर्क। भूपेन्द्र गुरुङले व्याटल अफ ड्रागन्स विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् अमेरिकाको एट्लान्टिक सिटीस्थित ट्रोपिकानो होटलमा भएको प्रतियोगितामा भूपेन्द्रले स्वर्ण जितेका हुन्

फरक स्पर्धा कुङफु फम्सको छान् छ्वान् म्युजिकल फम्सको ताइचीमा गुरुङले स्वर्ण पदक हात पारेका हुन्। प्रतियोगितामा अमेरिका, नेपाल, क्यानाडा, मेक्सिको, इजरायल, रोमानिया, बहमास, बंगलादेश, भारत, क्युबाका करिब सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए। अमेरिकाका विभिन्न २० मार्सल आट्र्स स्कुलका खेलाडीहरु सहभागी थिए। 

भूपेन्द्रको टिम व्यवस्थापकमा मनित गुरुङ रहेका थिए।

भूपेन्द्रले अमेरिकामा खेलेको यो तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। 

यसअघि भूपेन्द्रले १५औं गोल्डेन ड्रागन च्याम्पियनसिपमा रजत पदक च्याम्पियनसिपको स्पर्धामा रजत जितेका थिए  

अमेरिकाको क्यालिफोर्नियास्थित आर्काडिया हाइ स्कुल जिम्नाजियममा नोभेम्बर तारिखमा भएको प्रतियोगितामा भूपेन्द्रले स्पर्धामा रजत पदक जितेका हुन्।

भूपेन्द्रले ट्रेडिसनल चाइनिज मार्सल आटर््स फेडरेसन युएसएले आयोजना गरेको प्रतियोगितामा ३६ वर्ष भन्दा माथि उमेर समूहमा ताइची नर्दन फम्र्स च्याङ क्वान ट्रेडिसनल चाइनिज फम्समा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा विभिन्न ३० राष्ट्रका सय ५० भन्दा बढी खेलाडी सहभागी थिए।

त्यस्तै भूपेन्द्रले छैटौं एनुएल बक्स काउन्टी विन्टर मार्सल आट्र्स च्याम्पियनसिपमा समान स्वर्ण रजत गरी पदक जितेका थिए

भूपेन्द्रले सन् २०१८ मा जर्मनीमा भएको वल्र्ड मार्सल आर्टस, सन् २०१९ मा थाइल्यान्डमा भएको सातौं विश्व कुङफु च्याम्पियनसिप सन् २०२२ मा इङल्याण्डमा भएको उमा युरोपियन च्याम्पियनसिपमा स्वर्ण जितेका थिए। भूपेन्द्रले सन् २०२२ मा भारतको लखनउमा भएको १४ औं राष्ट्रिय कुङफु च्याम्पियनसिपमा निर्णायक तथा सन् २०२३ मा भएको आइएमएसी ओपन च्याम्पियनसिपमा आफिसियल निर्णायकको भूमिका निर्वाह गरेका थिए। भूपेन्द्र नेपाल उमा कुङफु संघका उपाध्यक्ष हुन्। 

 

प्रतिक्रिया