२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

१५ औं गोल्डेन ड्रागन च्याम्पियनसिपमा भूपेन्द्रलाई २ रजत

अमेरिकाको क्यालिफोर्नियास्थित आर्काडिया हाइ स्कुल जिम्नाजियममा नोभेम्बर ९ तारिखमा भएको प्रतियोगितामा भूपेन्द्रले २ स्पर्धामा २ रजत पदक जितेका हुन्।
१५ औं गोल्डेन ड्रागन च्याम्पियनसिपमा भूपेन्द्रलाई २ रजत

न्यू योर्क। नेपालका भूपेन्द्र गुरुङले १५ औं गोल्डेन ड्रागन च्याम्पियनसिपमा रजत पदक हात पारेका छन्। अमेरिकाको क्यालिफोर्नियास्थित आर्काडिया हाइ स्कुल जिम्नाजियममा नोभेम्बर तारिखमा भएको प्रतियोगितामा भूपेन्द्रले स्पर्धामा रजत पदक जितेका हुन्।

भूपेन्द्रले ट्रेडिसनल चाइनिज मार्सल आर्टस् फेडरेसन युएसएले आयोजना गरेको प्रतियोगितामा ३६ वर्ष भन्दा माथि उमेर समूहमा ताइची नर्दन फम्स च्याङ क्वान (ट्रेडिसनल चाइनिज फम्समाप्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा विभिन्न ३० राष्ट्रका सय ५० भन्दा बढी खेलाडी सहभागी थिए।

भूपेन्द्रले अहिलेसम्म पाँचौं अन्तर्राष्ट्रिय पदक हात पारिसकेको छ। भूपेन्द्रले सन् २०१८ मा जर्मनीमा भएको वल्र्ड मार्सल आर्टस, सन् २०१० मा थाइल्यान्डमा भएको सातौं विश्व कुङफु च्याम्पियनसिप सन् २०२२ मा इङल्याण्डमा भएको उमा युरोपियन च्याम्पियनसिपमा स्वर्ण जितेका थिए। भूपेन्द्रले सन् २०२२ मा भारतको लखनउमा भएको १४ औं राष्ट्रिय कुङफु च्याम्पियनसिपमा निर्णायक तथा सन् २०२३ मा भएको आइएमएसी ओपन च्याम्पियनसिपमा आफिसियल निर्णायकको भूमिका निर्वाह गरेका थिए।

यसैबीच, गुरुङ (तमु) सोसाइटी इंक युएसएले भूपेन्द्र गुरुङलाई स्वागत गरेको न्यू योर्कको क्वीन्समा अवस्थित सोसाइटीको कार्यालयमा खेलाडी भूपेन्द्र गुरुङलाई स्वागत गरेको हो सोसाइटीका अध्यक्ष ओम गुरुङले गुरुङलाई स्वागत गर्दै उहाँको अमेरिका बसाई आरामदायी रहोस भनि कामना गरे सोसाइटीले आफुलाई स्वागत गरेकोमा गुरुङले धन्यवाद व्यक्त गरे। उनी गुरुङ संस्कार संस्कृतिको अध्ययन तथा गुरुङ संस्कारमा आधारित चलचित्र पनि निर्देशक पनि हुन्। स्वागत कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष तथा तोरण गुरुङ तथा सोसाइटीका सल्लाहकारहरु टेक गुरुङ, गौतम गुरुङ, यम बहादुर गुरुङ, शान्ति गुरुङ तथा वरिष्ठ उपाध्यक्ष अलिशा गुरुङ, उपाध्यक्ष लिल गुरुङ कार्यसमिति सदस्यहरु भीम गुरुङ, भरत गुरुङ, प्रयुद गुरुङ, हिरालाल गुरुङ, करुणा गुरुङ तथा फिप्नाका पूर्व महासचिव प्रेम गुरुङ उपस्थित थिए। 

प्रतिक्रिया