न्यू योर्क । द गुरुङ (तमु) सोसाइटी इंक, यु.एस.ए. ले डिसेम्बर २८, २०२४ शनिबार तमु ल्होछार, ल्होसार आयोजना गर्दैछ। गुरुङ जातिहरुको कला, भाषा, संस्कार, संस्कृति, भेषभुषा र परम्परालाई संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले गुरुङहरुको नयाँ बर्ष तमु ल्होछार सप्री ल्हो (सर्प वर्ग) मनाउन लागेको द गुरुङ (तमु) सोसाइटी इंकले जनाएको छ।
गुरुङ्गको परम्परागत वर्ग चक्र प्रणाली अनुसार मुप्री ल्हो (गरुड वर्ग) को विदाई र सप्री ल्हो ( सर्प वर्ग) को स्वागत गर्दै गुरुङ्ग जातिको महान पर्व तमु ल्होछार न्यूयोर्कको टिबेटेन कम्युनिटी हलमा मनाउन लागको हो ।
तमु ल्होछार गुरुङहरुको महान चाड तथा नयाँ बर्ष हो, गुरुङहरुको भाषा, संस्कार, संस्कृति, भेषभुषा र परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न ल्होछार पर्वले मद्धत गर्ने आयोजकको विश्वास छ ।
न्यू योर्कमा बसोबास गर्ने गुरुङहरुले गुरुङ संस्कृति झल्कने विविध साँस्कृतिक कार्यक्रमसहित हरेक बर्ष तमु ल्होछार आयोजना गर्दै आएको छ।
सोसाइटीका अध्यक्ष ओम बहादुर गुरुङले संस्थालाई अझ सकृय र बलियो बनाउन तथा तमु ल्होछार २०२४ सफल बनाउनको लागि संस्थाका सम्पूर्ण सदस्यहरुको महत्वपूर्ण भूमिका रहने भएकोले सबैलाई आर्थिक सहयोग गरी दिन अनुरोध गरेको छ ।
कार्यक्रममा स्थानिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । साथै कार्यक्रममा गुरुङ समुदायका परम्परागत खानेकुरा खाने, ल्होछरको शुभकामना आदान प्रदान गर्दै ल्होछार मनाउने प्रचलन छ । ल्होछारमा न्यूयोर्क, न्युजर्सी, कनेक्टिकट तथा न्यूह्याम्प्सायर, मेरिल्याण्ड, म्यासाच्युसेट्स राज्यबाट समेत गुरुङहरु सहभागी हुने सोसाइटीले जनाएको छ । तमु ल्होछार मनाउनका लागि तमु तथा गैर तमु नेपालीहरुलाई उपस्थित भई कार्यक्रम सफल पार्नको लागि सोसाइटीले न्यूयोर्क, न्यूजर्सी तगायतका नेपालीहरुलाई अनुरोध गरेको छ ।







प्रतिक्रिया