०९ चैत २०८२, सोमबार
Mon, Mar 23, 2026
SUBSCRIPTION

गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाद्धारा खाद्यान्न वितरण

गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाद्धारा खाद्यान्न वितरण

न्यू योर्क गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाले खाद्यान्न वितरण गरेको छ। अमेरिकाको न्यू योर्कमा रहेको प्रसाउद कम्युनिटी ऐफियर्स पेन्ट्रीसँगको सहकार्यमा न्युयोर्क उडसाईडस्थित फाउन्डेसनको कार्यालय परीसरमा निःशुल्क खाद्यान्न वितरणगरेको हो। अमेरिकाको महत्वपूर्ण चाड थ्याङग्स गिभीङ डे (धन्यवाद दिवस)को अवसरमा लगभग सय ५० जनालाई निः शुल्क खाद्यान्न सामग्री फ्रोजन चिकेन, फलफूल, तरकारी बाँडेको फाउन्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिए। 

फाउन्डेसनले न्यू योर्क लगायत अन्य राज्यहरुमा समेत सामाजिक कामहरु गर्दै आइरहेको छ। फाउन्डेसन अमेरिकाका अध्यक्ष घिमिरेले भनेसामाजिक उत्तरदायित्व अन्तर्गत हामीले निःशुल्क खाद्यान्न वितरण गरेका हौं। 

फाउन्डेशन अमेरिका च्याप्टरका उपाध्यक्ष सुवर्ण लामा तथा सदस्यहरु जिवन कुमार श्रेष्ठ, अमिता श्रेष्ठ, निर्मला बराल, पासांग शेर्पा गोपर्मा, लाक्पा शेर्पा, सन्तोश बल्नेत, ध्रुव ज्योति श्रेष्ठ, दिपक रायमाझी, आदित शिबाकोटी, योगेन्द्र अधिकारी लगायतले खाद्यान्न सामग्री वितरण गर्न स्वयंसेवकको रुपमा खटिएका थिए।

फाउण्डेशनले नेपाली अमेरिकन समुदायमा गरेको कामको प्रशंसा गर्दै अमेरिकी सिनेटका बहुमत नेता चक शुमर, संघीय कांग्रेस सदस्य ग्रेस मेंग, न्युयोर्क शहरका मेयर ऐरिक अडम्स, पुर्व मेयर बिल दे ब्लाजियो, न्युयोर्क शहरका कम्पट्रोलर ब्राड ल्यान्डर, सिटी काउन्सिलकी सभामुख एन्ड्रिएन एडम्स लगायत निर्वाचित पदाधिकारीहरुले फाउण्डेशनलाई सम्मान पत्र प्रदान गरिसकेको अध्यक्ष घिमिरेले जानकारी दिए। 

प्रतिक्रिया