२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

मेयर आडम्सको शक्ति हत्याउने खेल

लोकतन्त्रको रक्षार्थ प्रस्ताव २–६ मा ‘नो’ मा छाप लगाउन ५३ संस्थाको गठबन्धनको आह्वान
मेयर आडम्सको शक्ति हत्याउने खेल

न्यू योर्क। न्यू योर्क सिटीमा काम गरिरहेका ५३ अधिकारवादी संघ संस्थाले नोभेम्बर मा हुने राष्ट्रपतिको निर्वाचनमा राखिएका मध्ये पाँचवटा प्रस्तावमानोचिन्ह लगाउन आह्वान गरेका छन्। न्यू योर्क सिटीको लोकतन्त्र खतरामा पर्ने भन्दै ती संघसंस्थाले मेयर एरिक आडम्सले समावेश गरेका ती प्रस्तावमानोमा चिन्ह लगाउन आह्वान गरेका हुन्। 

फोटोः जस्मिन ग्रिपर, सह निर्देशक, वर्किङ फ्यामिलिज पार्टी​

ती संघ संस्थामा अघिल्लो निर्वाचन मार्फत डेमक्रेटिक उमेद्वार क्याथी होकुललाई न्यू योर्क स्टेटको गभर्नरमा जिताउन भूमिका खेल्ने वर्किङ फ्यामिलिज पार्टी समेत छ। अङ्क गणितको हिसाबमा उक्त पार्टीका मत नपाएको होकुल गभर्नरमा पराजित हुन्थिन्। न्यू योर्क स्टेटको २०२२ मा भएको गभर्नरको निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार ली जेल्डिनले ४७ दशमलव प्रतिशत भोट पाएका थिए। होकुल वर्किङ फ्यामिलिज पार्टीको प्रतिशत मत सहित होकुलले ५२ दशलमव प्रतिशत मत पाएर गभर्नरमा निर्वाचित भएकी थिइन्। 

सिटी काउन्सिलका अनुसार मेयर आडम्सका पाँचवटा प्रस्ताव कानून बनाउने प्रक्रिया छलेर ल्याइएका हुन्। प्रक्रिया अनुसार यस्ता कानून बन्दा वा संशोधन गर्दा जनताको राय लिन २७१ दिनको समय दिनुपर्छ। काउन्सिलले मेयर आडम्सको हतारमा चालिएको यस्तो कदमले जनताप्रति सिटी सरकारको ‘संवेदनशीलता, पारदर्शिता र जवाफदेहिता’ मा गम्भीर असर पार्न सक्छ भनेको छ। 

अक्टोबर मा न्यू योर्क कम्युनिटिज फर चेन्ज (एनवाइसिसी), कमिटी अगेन्स्ट एन्टि एसियन भायोलेन्स (क्याभ) भ्वाइस देसिज राइजिङ अप एण्ड मुभिङ (ड्रम) ले आयोजना गरेकोवर्किङ क्लास मेम्बर्स एसेम्ब्लीमा वर्किङ फ्यामिलिज पार्टीका सह निर्देशक जस्मिन ग्रिपरले मेयर आडम्सको प्रस्ताव मानोमा चिन्ह लगाउन अनुरोध गरिन्। उक्त पार्टीका कार्यकर्ताले मतपत्रको नमूना वितरण गरे। उक्त पार्टी सहित यी चार वटै संघसंस्था मेयर आडम्सको शक्ति हत्याउने प्रस्तावको विरुद्धमा संगठित ५३ संस्थाको गठबन्धननो पावर ग्य्राव एनवासीमा आवद्ध छन्। 

सिटीको लोकतन्त्र खतरामा

मेयर आडम्सले न्यू योर्क सिटीको संविधान भनेर चिनिने न्यू योर्क सिटी चार्टर संशोधन गर्न बनाएको चार्टर रिभ्यू कमिसनले पाँच वटा प्रस्ताव तयार गरको थियो। न्यू योर्क सिटी काउन्सिलले कमिसनले तयार गरको पाँचवटा प्रस्ताव (प्रस्ताव ) मेयरले सिटीको चार्टर परिवर्तन हतारमा मतपत्रमा राखेको भन्दै विरोध जनाएको छ। मेयर सिटीको कार्यपालिका प्रमुख हुन् भने काउन्सिल विधायिका हो।  

नोभेम्बरमा हुने निर्वाचनमा मतदाताले राष्ट्रपतिलाई मत दिएपछि मतपत्र पल्टाउनु पर्नेछ। मतपत्रको पछाडि यी पाँचसहित छवटा प्रस्ताव हुनेछन्। विभेदबाट सुरक्षा प्रदान गर्ने गर्भपतनको अधिकार सम्बन्धी प्रस्ताव नम्बर न्यू योर्क राज्यको हो भने प्रस्ताव नम्वर मेयर आडम्सका हुन्। मतदाताले यी प्रस्तावमायसवानोमा चिन्ह लगाउनु पर्नेछ।

सिटी काउन्सिलका अनुसार मेयर आडम्सका पाँचवटा प्रस्ताव कानून बनाउने प्रक्रिया छलेर ल्याइएका हुन्। ‘(चार्टर रिभ्यू) कमिसनले कानून बनाउने वर्तमान प्रक्रिया मिचेको ,’ काउन्सिलको वेबसाइटमा उल्लेख , ‘मेयरको प्रस्ताव सार्वजनिक गरेको दुई दिनमै मतपत्रमा समावेश गरिएको छ।’ 

प्रक्रिया अनुसार यस्ता कानून बन्दा वा संशोधन गर्दा जनताको राय लिन २७१ दिनको समय दिनुपर्छ। काउन्सिलले मेयर आडम्सको हतारमा चालिएको यस्तो कदमले जनताप्रति सिटी सरकारकोसंवेदनशीलता, पारदर्शिता जवाफदेहितामा गम्भीर असर पार्न सक्छ भनेको छ। 

गठबन्धनमा रहेका संघसंस्थाले मेयर आडम्सले देखावटी चार्टर कमिसन बनाएर शक्ति हत्याउन यी प्रस्ताव मतपत्रमा राखेको बताएका छन्। यसले न्यू योर्क सिटीको शक्ति पृथकिकरण शक्ति सन्तुलन बिगारेर लोकतन्त्र खतरामा पार्ने उनीहरुको भनाइ छ। साथै, उनीहरुले यी प्रस्ताव पारित भए सर्वसाधारणबाट शक्ति खोसिने सिटीले उनीहरुलाई दिने सेवा सहायता प्राप्त गर्न कठिन अबस्था सिर्जना गर्ने बताएका छन्। सिटी चार्टरले सिटी सरकार कसरि चल्नुपर्छ सरकारको कुन कुन निकायसँग के के अधिकार शक्ति रहनु पर्छ भन्ने निर्धारण गर्छ।

के मेयरको प्रस्तावमा?

प्रस्ताव नम्बर मा उल्लेख , ‘‘सार्वजनिक सम्पतिको सफाइः यो प्रस्तावले सडक तथा सिटीका अन्य सम्पति सफा गर्ने तथा फोहरलाई कन्टेनरमा व्यवस्थापन गर्ने डिपार्टमेन्ट अफ सेनिटेसनको अधिकारमा बिस्तार तथा प्रष्टता ल्याउन सिटी चार्टरमा संशोधन गर्छ।’’

उक्त प्रस्तावबारे सिटी काउन्सिलले भनेको , ‘सडक व्यापारीमाथि कडाइ गर्छ, फोहोर फाल्ने भाँडो राख्ने स्थान तय गर्ने थप अधिकार दिन्छ सरसफाइमा सर्वसाधारणको भूमिका बेवास्ता गर्छ।इमिग्रेसन रिसर्च इनिसियटिभ (आइआरआई) ले सेप्टेम्बर तस्रो साता सार्वजनिक गरेको अध्ययन अनुसार हाल न्यू योर्क सिटीमा २३ हजार सडक व्यापारी छन्। त्यसमध्ये ९६ प्रतिशत आप्रवासी छन् भने ७५ प्रतिशतले सडक व्यापार अनुमति पाएका छ्रैनन्। आइआरआईले अध्ययन प्रतिवेदनबारे राखेको छलफल कार्यक्रममा सहभागीहरुले मेयर आडम्सको यो प्रस्ताव सडक व्यापारीलाई थप जरिवाना तिराउन थप दुःख दिन ल्याइएको धारणा राखेका थिए। 

अधिकारवादी संघसंस्थाहरु यो प्रस्ताव भ्रमपूर्ण रहेको तथा सडक व्यापारी अरु न्यू योर्कवासी माथिको अमानवीय आक्रमण भएको बताउँछन्। उनीहरु यो प्रस्तावले सहयोगको आवश्यकतामा रहेका सडक व्यापारी तथा न्यू योर्क सिटीवासीलाई अपराधीकरण गर्ने धारणा राख्छन्। 

प्रस्ताव नम्बर मा ‘‘प्रस्तावित कानूनको लागतको थप अनुमान बजेट म्याद अद्यावधिकः यो प्रस्तावले कानूनको सुनुवाइ मतदान अघि काउन्सिलबाट वित्तीय विश्लेषण अनिवार्य गर्न, मेयरबाट वित्तीय विश्लेषण स्वीकृत गर्न बजेटको म्याद अद्यावधिक गर्न सिटी र्चाटरमा संशोधन गर्छ।’’ सिटी काउन्सिलले यो प्रस्तावले काम गर्ने समय बढाएर कर्मचारीतन्त्रको आकार ठूलो बनाउने, करदातामा आर्थिक भार वृद्धि गर्ने, समस्या समाधान गर्ने क्षमता घटाउने बजेट पारित गर्ने अन्तिम मिति (डेडलाइन) मा ढिलाइ गर्ने उल्लेख गरेको छ।बजेटमा ढिलाइ भए सर्वसाधारण निरीक्षण गर्ने निकायहरुले मेयरले प्रस्ताव गरेको बजेट (उदाहरणका लागि पुस्तकालयको बजेट कटौति) बारे समीक्षा गर्न कम समय पाउँछन्।

गठबन्धनमा रहेका अधिकारवादी संघसंस्थाले यो प्रस्तावले मेयर उनका सहयोगीहरुलाई मन नपर्ने कानून रोक्न प्रभावित पार्न नयाँ बाटाहरु खोलिदिने बताएका छन्। निर्वाचनमा यो प्रस्तावले बहुमत पाए मेयर उनका सहयोगीहरुले उनीहरुलाई मन नपर्ने चाइल्ड केयर तथा आवास सहायता (हाउजिङ एसिस्टेन्स) जस्ता लोकप्रिय कार्यक्रमको सार्वजनिक रुपमा विरोध नगरि कर्मचारीतन्त्र प्रयोग गरेर रोक्न सक्ने उनीहरुको भनाइ छ।

प्रस्ताव नम्बर मा उल्लेख , ‘‘सार्वजनिक कानूनमा मतदान गर्नु अघि थप सूचना समयः यो प्रस्तावले प्रहरी (एनवाइपिडी), करेक्सन (डिपार्टमेन्ट अफ करेक्सन्स) फायर डिपार्टमेन्टको सार्वजनिक सुरक्षा सञ्चालन सम्बन्धी कानूनमा सिटी काउन्सिलले मतदान गर्नु अघि अतिरिक्त सार्वजनिक सूचना समयको व्यवस्था गर्छ।’’ सिटी काउन्सिलले यो प्रस्तावले न्यू योर्कवासीको सार्वजनिक सुरक्षा सम्बन्धी कानून पारित गर्ने प्रक्रियामा अत्याधिक ब्युरोक्रेटिक झमेला मेयरको हस्तक्षेप थप्ने जनाएको छ। काउन्सिलले यो प्रस्तावले सार्वजनिक सुरक्षासम्बन्धी कानून पारित गर्न ढिलाइ गर्ने, जवाफदेहीता घटाउने अत्यावश्यक काम रोक्ने वेबसाइटमा उल्लेख गरेको छ। 

गठबन्धनमा रहेका संघ संस्थाले प्रहरीसँग सम्बन्धित यी निकायमा मात्र किन यस्तो प्रस्ताव गरिएको भन्दै मेयर आडम्सको नियतमाथि प्रश्न गरेका छन्। उनीहरुले यो प्रस्तावले सुरक्षासँग सम्बन्धित यी तीन निकायलाई पारदर्शी जवाफदेही नबन्न विशेष अधिकार दिएको भन्दै विरोध गरेका छन्।   

प्रस्ताव नम्बर मा,  ‘‘पूँजी योजनाः यो प्रस्तावले सिटी चार्टरमा संशोधन गरी सिटीका सुविधाहरुमा वार्षिक मुल्यांकन गर्नुपर्ने, ती सुविधाहरुले वाध्यकारी रुपमा पूँजी योजनाको जानकारी दिनुपर्ने पुँजी योजना अद्यावधिक गर्नुपर्ने ब्यबस्था गर्छ,’’ उल्लेख छ। सिटी काउन्सिलले मेयरको यो प्रस्तावलाईअर्थहीनभ्रामकभनेको छ। 

मेयर आडम्सले उक्त प्रस्ताव सिटी कम्प्ट्रोलर (सहरको सबैभन्दा माथिल्लो आर्थिक कार्यकारी) को सिफारिसका आधारमा बनाइएको दावी गरेको थियो। त्यसपछि कम्प्ट्रोलरको कार्यालय त्यो दावी झुठो भएको ‘‘एउटा अर्थहीन मापनलाई विश्वासनीयता दिलाउन प्रष्ट रुपमा गरिएको झुटो प्रयास’’ भन्दै विज्ञप्ति जारी गरेको छ।यो प्रस्ताव कुनै पनि तरिकाबाट सिटीको पूँजी योजना प्रक्रिया सुधार गर्न असफल ,’ कम्प्ट्रोलर कार्यालयको वेबसाइटमा उल्लेख छ। 

प्रस्ताव नम्बर मा उल्लेख , ‘‘अल्पसंख्यक महिला स्वामित्वको उद्यम ब्यबसाय, फिल्म परमिट आर्काइभ रिभ्यू बोर्डः यो प्रस्तावले सिटी चार्टरमा संशोधन गरि चिफ बिजिनेस डाइभर्सिटी अफिसर (सिबिडिओ नियुक्त गर्नेछ, मेयरलाई फिल्म परमिट अनुमति दिने कार्यालय तोक्ने अधिकार दिनेछ आर्काइभ बोर्डलाई एकत्रित गर्नेछ।’’ मेयरको आडम्सको यो प्रस्तावलाई सिटी काउन्सिलले एक आपसमा असम्बन्धित विषयमा परिवर्तन गर्न खोजी अधिकार लिन खोजेको जनाएको छ। 

गठबन्धन संस्थाहरुले आपसमा कुनै सम्बन्ध नरहेको तीन वटा विषय÷संरचना जोडिएको त्यसमध्ये एउटाले मात्र मेयरको कार्यालयको भूमिका धेरै उल्लेख गरेको जनाएको छ। उनीहरुले यो प्रस्तावले अल्पसंख्यक तथा महिला स्वामित्वको उद्यम व्यवसायमा थप ठोस सहयोग नगरि परिवर्तनको भ्रम सिर्जना गरेको उल्लेख गरेका छन्। 

प्रतिक्रिया