लंगआईल्यान्ड नेपाली समाज न्यू योर्कले बाल मनोविज्ञान तथा बालबालिकाकेन्द्रित अन्तरक्रिया कार्यक्रम गरेको छ। समाजले लेभिटाउन हल सामुदायिक भवन हिक्सभिलमा छलफल कार्यक्रम गरेको हो।
बालबालिकाहरुलाई नेपाली भाषा सिक्नको लागि प्रोत्साहन गर्न अभिभाबक तथा बालबालिका सहभागी अन्तरक्रिया गरेको समाजका अध्यक्ष कुल प्रसाद ( राजन) गौलीले जानकारी दिए। नेपाली भाषा कक्षा समुदायलाई जोड्ने कडिका रुपमा रहेको उनको भनाइ छ।
उनले भने, नेपाली भाषा कक्षा बालबालिकाले आपसमा परिचित हुने, सिक्ने र रमाउने थलोको रुपमा पाएकोमा खुशी लागेको छ।

कार्यक्रममा नेपाली भाषा शिक्षणका लागि लेखिएको पुस्तक र लेखक अनुजा थापा मगरको लेखन यात्रा, अनुभव र पुस्तकको बारेमा छलफल गरिएको हो। लेखक अनुजा थापाले आफु एक आमा साथै नेपाली भाषाप्रेमी भएकोले पुस्तक लेखेको बताईन्।
शिक्षिका सुनिता खनालले नेपाली भाषा कक्षा भौतिक रुपमा नै सञ्चालन गर्नुपर्ने समुदायको माग रहेको बताईन्।
समुदायका बालबालिकाका लागि समय खर्चिन पाउँदा आफूलाई खुशी लागेको शिक्षिका सुस्मिता भण्डारीको भनाई छ।

कार्यक्रममा, समाजका शिक्षा समितिका नेपाली भाषा संयोजक तथा वरिष्ठ उपाध्यक्ष साबित्रा सिबाकोटी, शिक्षिकाहरु सुनिता खनाल ,सुस्मिता भन्डारी र सचिब तथा आईटि संयोजक दिपक अधिकारीलाई अध्यक्ष गौली, वरिस्ठ उपाध्यक्ष शिवाकोटी र महासचिव राजेन्द्र कार्कीले सम्मान गरेका थिए ।
कार्यक्रममा अभिभावक, विद्यार्थी, शिक्षक शिक्षिका तथा विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
यस्तै, एनएआरएनए आइसीसी अनररी सदस्य तथा संस्थाका सल्लाहकार डा. हरि दाहाल, एनएआरएनए सह- कोषाध्यक्ष दिवाकर पान्डे र संस्थाका पूर्ब अध्यक्ष टीका ढकालको उपस्थिति रहेको थियो। ।
महासचिव राजेन्द्र कार्कीले कार्यक्रम सन्चालन गरका थिए। लेखक अनुजा थापासँगको अन्तरक्रिया यूवा सदस्य प्रभाकर पान्डेले गरेका थिए।
अध्यक्ष गौलीले भाषा कक्षा संचालनमा संयोजन तथा सहयोग गर्ने प्रभाकर पान्डे, शिक्षिकाहरु, आई टि संयोजक, अभिभावक तथा विद्यार्थीहरुलाई धन्यवाद व्यक्त गरे।






प्रतिक्रिया