न्यूयोर्क । न्यूयोर्कको लङ आइल्याण्डमा पहिलोपटक नेपाली व्यवसायीहरुले रेष्टुरेन्ट संचालनमा ल्याएका छन् । यसअघि भारतीय व्यवसायीसंगको सहकार्यमा केही नेपाली रेष्टुरेन्ट संचालन आएको भएपनि पूर्ण रुपमा नेपाली व्यवसायीहरुले नेपाली परिकारलाई प्राथमिकता दिएर रेष्टुरेन्ट संचालनमा ल्याएको यो पहिलोपटक हो । न्यूयोर्कको नासो काउन्टीको व्यस्त क्षेत्र ग्लेन कोभमा संचालनमा ल्याएको व्होयल इन काठमाडौ रेष्टुरेन्टको बुधबार उद्घाटन भएको छ । यो रेष्टुरेन्टले नेपाली परिकार र संस्कृतिलाई ग्लेन कोभ क्षेत्रका अमेरिकन नागरिककासाथै अन्य समुदायका ग्राहक समक्ष पुर्याउने लक्ष्य रहेको रेष्टुरेन्ट संचालक बाबुराम शर्माले बताए ।
रेष्टुरेन्ट उद्घाटनका अवसरमा ओस्टरबे टाउनका प्रमुख जोसेफ सालाडिनोका साथै सो टाउनका सरकारी कार्यालय प्रमुखहरु र स्थानीय जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । रेष्टुरेन्टले नेपाली ग्राहककासाथै अमेरिकन ग्राहकहरुलाई पनि आकार्षण गर्ने योजना रहेको संचालकहरुको भनाई छ । रेष्टुरेन्टमा नेपाली परिकारहरु विषेश रुपमा रहने जनाइएको छ । यस्तै भारतीय परिकार र अमेरिकन कुजिन पनि रहने बताइएको छ । व्होयल इन काठमाडौको यो दोस्रो रेष्टुरेन्ट हो । न्युयोर्कको क्वीन्सस्थित रिजउडमा व्होयल इन काठमाडौ रेष्टुरेन्ट संचालनमा रहेको छ।





प्रतिक्रिया