२४ असार २०८२, मङ्गलबार
Tue, Jul 8, 2025
SUBSCRIPTION

जय नेपाल इन्टरनेशनलद्वारा विश्व युवा संजालको घोषणा

मदन राज पौडेलको अध्यक्षतामा ४३ सदस्यीय सञ्जाल गठन
जय नेपाल इन्टरनेशनलद्वारा विश्व युवा संजालको घोषणा

न्यू योर्क। जय नेपाल इन्टरनेशनल फाउन्डेसनले विश्व युवा संजालको घोषणा गरेको छ। सञ्जालको घोषणा वेबिनारमार्फत गरिएको हो।

घोषणा कार्यक्रम स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको मुख्य आतिथ्यतामा भएको थियो। कार्यक्रममा मदन राज पौडेलको अध्यक्षतामा ४३ सदस्यीय सञ्जाल गठन गरिएको छ। 

 

समितिमा ३० भन्दा बढी देशका युवा छन् कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपालमा स्वास्थ्य प्राविधिकको आवश्यकता रहेको बताए। उनले स्वास्थ्य बिमा प्रणालीलाई प्रभावकारी बनाउँदै एकद्वार प्रणाली बनाएर लागू गर्ने सरकारको योजना रहेको सुनाए। 

 

उनले बिरामी गाउँबाट काठमाडौँ आउने प्रचलन निरुत्साहित गर्दै रिफर गर्ने प्रणालीलाई प्रभावकारी बनाउन सरकार लागि परेको जनाए। रोग लाग्नु भन्दा अगाडी नै रोकथामको लागि जनचेतना जगाउनु पर्ने भन्दै उनले औषधीको मूल्य समायोजन गर्ने काममा सरकार लागेको जानकारी दिए। 

 

मन्त्री पौडेलले नवगठित सञ्जालका अध्यक्ष तथा पदाधिकारीलाई बधाई तथा शुभकामना दिए। उनले छोटो जय नेपाल इन्टरनेशनल फाउन्डेशनलाई विदेशमा रहेका नेपालीसँग रहेको सीप, श्रोत अनुभव नेपालको हितमा प्रयोग गर्न सफलता मिलोस भन्ने शुभकामना दिँदै फाउन्डेशनसंग सहकार्य गर्न सरकार तत्पर रहेको पनि बताए। 

 

कार्यक्रमका सभापति तथा फाउन्डेसनका केन्द्रीय अध्यक्ष डा. यादव पण्डितले फाउन्डेसन सबैसँग मिलेर काम गर्नको लागि स्थापना गरिएको यो सबै संस्थाको सहयोगी संस्था भएको बताए। उनले युवालाई सकभर नेपालमै रोक्ने, विदेशमा रहेका युवाहरूको सीप नेपालसँग जोड्ने साथै प्रजातान्त्रिक मूल्य मान्यता प्रति आस्थावान, वैचारिक रुपमा असल नागरिक तथा सकारात्मक व्यक्ति निर्माण गर्न आफूहरूले प्रयास गरिरहेको बताए। 

 

यादवले संस्थाको आजीवन तथा साधारण सदस्यता लिन पनि सबैलाई अनुरोध गरे। फाउन्डेसनका केन्द्रीय प्रवक्ता लाल काफ्लेले कार्यक्रममा सबै अतिथिलाई स्वागत गरेका थिए। कार्यक्रमको पहिलो खण्ड केन्द्रका महासचिव अग्नि चौंलागाईले संचालन गरेका थिए भने दोस्रो खण्ड युवा समितिका महासचिव नवराज न्यौपाने चलाएका थिए।  

 

युवा समितिका केन्द्रीय सदस्य तथा एनआरएनए अमेरिकाका युवा उपाध्यक्ष अनुप खनाल ले युवा समिति गठन गर्नुको उद्देश्यबारे प्रकाश पारेका थिए। फाउन्डेसन ग्लोबल नलेज नेटवर्कका संयोजक डा. निरज श्रेष्ठले नेपालको विकासका लागि ज्ञान आदान प्रदान गर्न संस्था सदैव तयार रहेको जानकारी दिए। 

 

फाउन्डेसन कार्य समितिका क्यानडाका अध्यक्ष सुमन बस्कोटाले सबैलाई संस्थासँग जोडिन आव्हान गरे नव निर्वाचित कार्यसमितिका केन्द्रीय सदस्य सिजन दाहालले धन्यवाद ज्ञापन गरे। कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतम, पूर्व सांसद बिजुला बर्मा राणा, कोशी प्रदेशका निर्वतमान मुख्य मन्त्री केदार कार्की, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाका पूर्व अध्यक्षहरू डा. केशव पौडेल, बुद्धि सागर सुबेदी, पूर्व उपाध्यक्ष दिलु पराजुली, पूर्व महासचिव अन्जन कुमार चौलागाईं, वर्तमान महासचिव रामहरि अधिकारी, वर्तमान तथा पूर्व कार्यसमितिका सदस्यहरू, गैर आवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सिता सापकोटा, नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री मनोजमणि आर्चाय, पूर्व प्रदेश सांसद बिजुला बर्मा राना, सुरेश राज त्रिपाठी (महामन्त्री नेपाली जनसम्पर्क समिति साउदी अरब तथा महासमिति सदस्य), नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि अमेरिका राम शरण हुमागाईं (भर्जिनिया), पूर्व सचिव प्रेम न्यौपाने लगायतको उपस्थिति थियो।  

 

 

कार्यक्रममा काँग्रेस माहाधिबेशन प्रतिनिधि कास्कीका विष्णु बहादुर क्षेत्री, प्रेस युनियन नेपालका अध्यक्ष शिव लम्साल, समाज टाइम्सका सम्पादक विष्णु हरी घिमिरे ,जय नेपाल इन्टरनेशनल फाउन्डेसन नेपाल च्याप्टरका अध्यक्ष बद्री अर्याल, फाउन्डेसनका संस्थापक विश्व बराल, फाउनडेशनका केन्द्रीय कोशाध्यक्ष गोविन्द श्रेष्ठ, एनआरएनए आइसिसीका पूर्व उपाध्यक्ष दुर्गा आचार्य, एनआरएनए क्यानडाका पूर्व अध्यक्ष दीपक गौतम, जन सम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङ्ग, क्यानडा जन सम्पर्क समितिका अध्यक्ष बुद्धि प्रकाश ओली, एनआरएन बेल्जियम का अध्यक्ष सिता सापकोटा, राजनैतिक विश्लेषक शंकर तिवारी, नेका युवा नेता सुदिप मोहन भट्टराई, फाउन्डेसनका केन्द्रीय सदस्यहरू, च्याप्टर पदाधिकारी लगायतको उपस्थिति थियो। 

 

 

अस्ट्रेलियाका पौडेलको अध्यक्षतामा गठित सञ्जालको नयाँ कार्यसमितिको मा  नवराज न्यौपाने (अमेरिका) महासचिव चुनिएका छन्। सदस्यमा अनुप खनाल (अमेरिका, बिमला सापकोटा (क्यानडा०, सिजन दाहाल (जर्मनी), महेन्द्र बस्नेत (अमेरिका), विनोद मरासिनी (पोर्चुगल), कुशल पौडेल (जापान), विनोद थापा (मलेसिया), अन्जु मल्ल ठकुरी (बेल्जियम०, आविष्कार बास्तोला (नर्वे), वैकुण्ठ सिग्देल (अष्ट्रेलिया), बालकृष्ण दाहाल (बेलायत), बलराम तामाङ (चीन), विद्या बराल (नेपाल), विनय अधिकारी (स्पेन), विनोद बास्तोला (दक्षिण कोरिया), विनोद गुरुङ (क्यानडा), दिपजंग शाही ठकुरी (कतार), दीपेश राज घिमिरे (चीन), हरि बिसी (माल्टा), हरि खड्का (युएई), होमनाथ गिरी (कुवेत), कृष्ण गिरी (डेनमार्क), लाल प्रसाद पाण्डे (भारत), मनीषा रानाभाट (नेपाल), नवीन कटुवाल (नेपाल), नारायण भण्डारी (क्याम्बोडिया), निश्चल चापागाईँ (अमेरिका), फुर्बा तामाङ (डेनमार्क), प्रशान्त गुरुङ (हंगकंग), पुष्पराज सुवेदी (अमेरिका), रंजन राज कुँवर (दक्षिण कोरिया), रवि अर्याल (आयरल्यान्ड), सुलभ हमाल ठकुरी (न्यु जिल्यान्ड), सुरेश राज त्रिपाठी (साउदी अरेबिया), सुस्विन वाग्ले (अष्ट्रेलिया), सुशील पोखरेल (फिनल्यान्ड), साइमोन मुडभरि (अष्ट्रेलिया), उज्ज्वल बज्राचार्य (नेपाल), उपेन पौडेल (बेलायत), युवराज उप्रेती (मकाउ) रिता शाही (नेपाल) छन्। 

प्रतिक्रिया