२७ असार २०८३, शनिबार
Sat, Jul 11, 2026
SUBSCRIPTION

कडा प्रतिस्पर्धामा बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमीफाइन प्रवेश, मंगलबार फ्रान्ससंग भिड्ने

लस एन्जलस स्टेडियममा सम्पन्न खेलमा पहिलो हाफ १–१ को बराबरीमा सकिएपछि दोस्रो हाफ निकै प्रतिस्पर्धात्मक बनेको थियो । सेमिफाइनलमा स्थान सुरक्षित गर्न स्पेन र बेल्जियम दुबै टीमले मैदानमा शसक्त प्रदर्शन गरेका थिए ।
कडा प्रतिस्पर्धामा बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमीफाइन प्रवेश, मंगलबार फ्रान्ससंग भिड्ने

न्यूयोर्क । खेलको ८८ औं मिनेटमा पाएको रिबाउन्ड बलको मौकालाई सदुपयोग गर्दै स्पेनका मिकेल मेरिनोले गरेको निर्णायक गोलसंगै स्पेनले बेल्जियमलाई २–१ ले पराजीत गरी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । यो जीत संगै स्पेनले मंगलबार फ्रान्ससंगको पहिलो सेमिफाइनल भेट पक्का गरेको छ । 

लस एन्जलस स्टेडियममा सम्पन्न खेलमा पहिलो हाफ १–१ को बराबरीमा सकिएपछि दोस्रो हाफ निकै प्रतिस्पर्धात्मक बनेको थियो । सेमिफाइनलमा स्थान सुरक्षित गर्न स्पेन र बेल्जियम दुबै टीमले मैदानमा शसक्त प्रदर्शन गरेका थिए । 

स्पेनको तर्फबाट रुइजले खेलको पहिलो गोल गरे । दानी ओल्मोको प्रहार बेल्जियमका गोलकिपर थिबाउट कोट्र्वाले रोके पनि फर्किएको बललाई रुइजले जाली चुमाए। त्यसपछि युवा स्टार लामिन यामालले उत्कृष्ट व्यक्तिगत प्रयास गर्दै भित्र कट गरी गरेको प्रहार लक्ष्यभन्दा झिनो अन्तरले बाहिरियो।
पहिलो हाफको अन्त्यतिर बेल्जियमले उत्कृष्ट काउन्टर आक्रमणमार्फत खेल बराबरीमा ल्यायो। केभिन डे ब्रुइनेको सटिक पासमा टिमोथी कास्टान्ये दायाँतर्फबाट अघि बढे र उनले दिएको उत्कृष्ट क्रसलाई चालाकीपूर्वक अफसाइड जानबाट बच्दै चाल्र्स डे केटेलारेले हेडमार्फत गोलमा परिणत गरेका थिए ।
खेलको ७१औँ मिनेटमा बेल्जियमका अनुभवी गोलकिपर कोट्र्वा चोटका कारण मैदान छाड्न बाध्य भए। उनको स्थानमा आएका सेन्ने लामेन्सले पाउ कुबार्सीको टाढाबाट आएको शक्तिशाली प्रहार नियन्त्रणमा लिन नसकेपछि केही मिनेटअघि मात्र मैदान प्रवेश गरेका मिकेल मेरिनोले फर्किएको बललाई शक्तिशाली प्रहार गर्दै निर्णायक गोल गरे र स्पेनलाई सेमिफाइनलमा पु¥याए।
अब मंगलबार डलास स्टेडियममा स्पेन र फ्रान्सले फाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्नेछन् । यो खेल विश्वकप इतिहासकै सबैभन्दा प्रतीक्षित सेमिफाइनलमध्ये एक हुने खेल पण्डितहरुले अनुमान गरेका छन् । 

प्रतिक्रिया