न्यू योर्क । न्यूयोर्कको क्वीन्समा संचालित पहिलो नेपाली कराते स्कुल निहोन कराते डोको आयोजनामा “एनवाइसी क्वीन्स कराते च्याम्पियनसिप” प्रतियोगिता आइतबार सम्पन्न भएको छ । क्वीन्सको एल्मकोर सेन्टरको हलमा आइतबार दिनभर भएको प्रतियोगितामा दुई सय २० जना खेलाडिहरुले प्रतिस्पर्धा गरेका थिए ।
अमेरिकाका विभिन्न राज्यहरु र भारतबाट समेत खेलाडिहरु सहभागी भएको प्रतियोगिताको निर्देशक एवं आयोजक निहोन कराते डोका प्रमुख प्रशिक्षक सिहान शान्त थोकरले बताए ।
प्रतियोगिता संचालनका लागि आयोजक शान्त थोकरले गरेको पहलप्रति आभार व्यक्त गर्दै सहभागी खेलाडि तथा अफिसियलहरुलाई उनले धन्यवाद दिएका थिए । यसैगरी आयोजक निहोन कराते डोका प्रमुख प्रशिक्षक सिहान शान्त थोकरले सहभागि खेलाडि, कराँते स्कुलहरु र प्रतियोगिता संचालनका लागि सहयोग गर्ने सबैमा धन्यवाद दिए । प्रतियोगितामा ७ वर्षमुनी उमेरसमूहदेखि १८ वर्षभन्दा माथि उमेर समूहका गरी १२ वटा उमेर समूहमा प्रतिस्पर्धाहरु भएको आयोजक शान्त थोकरले जानकारी दिए । प्रतियोगितामा काता र कुमुतेतर्फ गरी ८४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएका थिए ।
प्रतियोगिता संचालनका लागि कराते महासंघ अमेरिका, पान अमेरिका कराँते महासंघ, विश्व कराँते महासंघ लगायतका संस्थाबाट ३० जना रेफ्रीहरु सहभागी रहेका थिए । विगत दुई दशकदेखि न्युयोर्कको क्वीन्सस्थित उडसाइट र फरेष्टहिलमा संचालन हुँदै आएको निहोन कराते डो नेपालीले न्यूयोर्कमा संचालन गरेको पहिलो कराँते स्कुल हो ।
यसैवीच प्रतियोगिताका आयोजकले नेपाली कराते स्कुलको आयोजनामा न्यूयोर्कमा राज्यस्तरको प्रतियोगिता संचालन हुँदा पनि नेपाली समुदायबाट उचित सहयोग र सद्भाव पाउन नसकेको जनाएको छ । अमेरिकाका विभिन्न राज्यहरुबाट गरी अफिसिलय, खेलाडि, कोच तथा अविभावक गरी झण्डै पाँच सयको सहभागीतामा भएको प्रतियोगितामा नेपाली पहिचान झल्किने विविध गतिविधि संचालन गर्न सकिने अवसर भएपनि समुदायबाट सद्भाव र सहयोग प्राप्त नभएको प्रतियोगिता निर्देशक सिहान शन्त थोकरले बताए । नेपाली कलासंस्कृति प्रस्तुत गर्ने देखि नेपाली खाना र पर्यटन प्रवद्र्धनको समेत अवसर हुन सक्ने भए पनि यो अवसरको सदुपयोग हुन नसकेको थोकरले बताए।









प्रतिक्रिया