न्यूयोर्क । इंल्याण्डका जुड बेलिङ्घमको दुई गोलको मद्दतले नर्वेलाई २—१ ले पराजीत गर्दै इंग्लयाण्ड अमेरिकामा जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
खेलको पहिलो १५ मिनेटमा इंग्ल्यान्डले बलमा स्पष्ट नियन्त्रण राखे पनि प्रभावकारी अवसर भने सिर्जना गर्न सकेको थिएन । त्यसपछि पानी पिउने (हाइड्रेसन) ब्रेकपछि भने नर्वेली खेललाई प्रतिस्पर्धात्मकता दिलाए ।
पहिलोपटक एर्लिङ हालान्डको हेडर गोलरक्षकले बचाए भने ३६ औं मिनेटमा एन्ड्रियास स्केल्डेरुपले पेनाल्टी क्षेत्रको बायाँ भागबाट प्रहार गरेको बल टाढाको पोस्टमा लाग्दै जाली चुमेपछि नर्वेले अप्रत्याशित अग्रता लियो। त्यसपछि पहिलो हाफको इनजुरी समयमा जुड बेलिङ्घमले पाएको पासलाई चुक्न नदिइ पेनाल्टी क्षेत्रमा प्रवेश गरी बराबरी गोल गरे ।
दोस्रो हाफको सुरुमै कर्नरबाट टोरब्योर्न हेग्गेमले गरेको गोल पनि भिडियो समीक्षापछि रद्द गरियो । किनभने गोलअघि एर्लिङ हालान्डले विपक्षी खेलाडीलाई धक्का दिएको ठहर गरिएको थियो। दोस्रो हाफमा भने नर्वेले खेलमा राम्रो नियन्त्रण कायम राख्यो। यद्यपि, बुकायो साकाको क्रसलाई गोललाइनबाट क्लियर गरियो भने इन्जुरी समयमा बेलिङ्घमको हेडर लक्ष्यभन्दा बाहिर गयो।
अतिरिक्त समयको सुरुमै ह्यारी केनको हेडर नाइल्यान्डले बचाए। त्यसपछि मोर्गन रोजर्सको प्रहारलाई नाइल्यान्डले राम्रोसँग नियन्त्रण गर्न नसक्दा रिबाउन्डमा पुगेका बेलिङ्घमले सहजै दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए।
खेलमा थप नाटकीय मोड पनि आयो। ड्जेड स्पेन्स पेनाल्टी क्षेत्रमा लडेपछि इंग्ल्यान्डले पेनाल्टी पाएको थियो। तर रेफ्री क्लेमाँ टुर्पिनले भिडियो समीक्षापछि आफ्नो निर्णय उल्टाउँदै पेनाल्टी रद्द गरे।





प्रतिक्रिया