२४ वैशाख २०८३, बिहिबार
Thu, May 7, 2026
SUBSCRIPTION

फिप्नाले मनायो २५७०औं बुद्ध जयन्ती

फिप्नाले मनायो २५७०औं बुद्ध जयन्ती

न्यू योर्क नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले २५७०औं बुद्ध जयन्ती मनाएको क्वीन्सको एल्महस्र्टस्थित फिप्नाको कार्यालयमा नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका महावाणिज्यदुत दधिराम भण्डारीको प्रमुख आतिथ्यमा एक कार्यक्रम गरी बुद्धजयन्ती मनाएको हो  प्रमुख अतिथि दधिराम भण्डारीले राष्ट्रिय तथा सांस्कृतिक महत्वका कार्यक्रममा आफ्नो निरन्तर साथ, सहयोग सहभागिता रहने बताए कार्यक्रममा वक्ताहरूले वर्तमान विश्व परिवेशमा भगवान बुद्धका शान्ति, करुणा सहअस्तित्वका सन्देश अझ बढी सान्दर्भिक रहेको उल्लेख गर्दै बुद्धको मार्गदर्शन ज्ञानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका थिए। वक्ताहरुले आगामी वर्षहरुमा यो कार्यक्रम अन्य संघसंस्था, एनआरएनए तथा नेपाली दूतावाससँग सहकार्य गर्दै अझ भव्य रूपमा आयोजना गरिने प्रतिबद्धता व्यक्त गरेका थिए  वक्ताहरूले भगवान गौतम बुद्ध नेपालमा जन्मिएको गौरवपूर्ण तथ्यलाई विश्वभर व्यापक रूपमा प्रचारप्रसार गर्नुपर्ने आवश्यकता औंल्याउँदै नेपाललाई बौद्ध धर्म तथा हिन्दू धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके देशले ठूलो आर्थिक लाभ लिन सक्ने धारणा राखेका थिए। कार्यक्रममा सहभागी एक वक्ताले प्रवासमा रहे पनि राष्ट्रिय महत्वका दिवसहरू निर्धारित मितिमै मनाउँदा यसको विशेष महत्व रहने बताए। अध्यक्ष शेर्पाले न्यू योर्क डिस्ट्रिक्ट ३० का डेमोक्रेटिक पार्टीको एसेम्ब्ली मेम्बरका उम्मेदवार सोमनाथ घिमिरेलाई आगामी प्राथमिक चुनावमा पहिलो श्रेणीमा नाम दर्ता गराउन सफल भएकोमा  बधाई ज्ञापन गरे उम्मेदवार घिमिरेले आफू निर्वाचित भएमा बुद्ध जयन्ती दिवसलाई स्टेट स्तरमा चिनाउने अभियानमा अग्रसर हुने प्रतिबद्धता व्यक्त गरेका छन्।अन्तमा अध्यक्षले शान्तिको दूत गौतम बुद्धको उपदेश मार्गदर्शनको मर्मभित्र रहेर हिंसा नगर्ने, चोरी नगर्नेब्यभिचार, झुट नबोल्ने, मादक पदार्थ सेवन नगर्ने, सामान्य पञ्चशीललाई मात्रै हाम्रो जीवनमा प्रयोग गर्न सकेमा हाम्रो जीवन सुखमय हुने बताए  शान्तिको दूत बुद्धको मार्गदर्शनलाई विश्वसामु  चिनाउनु विश्वमा शान्ति फैलाउनु हामी सबैको दायित्व रहेको शेर्पाको भनाई फिप्नाको अध्यक्ष शेर्पाले समुदायका सदस्यहरुको सल्लाह सुझावलाई मध्येनजर राख्दै आगामी बर्षदेखि फिप्नाले बुद्ध जयन्ती शन्ति परेडको आयोजना गर्ने घोषणा गरेको  महासंघका अध्यक्ष .पी. लामा शेर्पाको सभापतित्व सम्पन्न कार्यक्रम फिप्नाका महासचिव सुमन थाम्सुहाङले सञ्चालन गरेका थिए  कार्यक्रममा धर्मगुरु गिर्मे छोटक, एनआरएनए यूएसएका अध्यक्ष सतेन्द्र साह विशेष अतिथिका रूपमा उपस्थित भएका थिए  कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्ध धर्मावलम्बी, नेपाली समुदायका अगुवा तथा स्थानीय व्यक्तित्वहरूको सहभागिता थियो।

प्रतिक्रिया