न्यूयोर्क । अमेरिका र इरान दुई साताको लागि युद्धविराम गर्न सहमत भएका छन् । पाकिस्तानको मध्यस्थतामा भएको सहमति प्रयासमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सहमति जनाएपछि तत्कालका लागि विनासकारी युद्धको खतरा टरेको छ । इरान विरुद्ध विनासकारी आक्रमण गर्न दिएको समयसीमा सकिन डेढघण्टाअघि यो सहमति भएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी समय अनुसार राती ८ बजे सम्ममा इरानले इन्धन मार्ग नखोले “पूरै एउटा सभ्यता समाप्त गरिदिने” चेतावनी दिएका थिए ।
युद्धविराम सहमति पाकिस्तानको मध्यस्थतापछि घोषणा गरिएको हो। पाकिस्तानले ट्रम्पलाई उनले तोकेको साँझ ८ बजे (पूर्वी समय) को समयसीमाबाट पछि हट्न आग्रह गरेको थियो। पाकिस्तानले दुबै पक्षले दुई हप्ताको युद्धविराम पालना गर्ने प्रस्ताव राखेको थियो, र त्यस अवधिमा इरानले तेल, ग्यास तथा अन्य जहाजहरूलाई कुनै अवरोध बिना यस आर्थिक रूपमा अत्यन्त महत्वपूर्ण जलमार्ग हुँदै जान दिने कुरा समावेश थियो।





प्रतिक्रिया