न्यू योर्क। नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले बृहत आदिवासी जनजाति साँस्कृतिक साँझ २०२५ कार्यक्रम गर्दैछ। फिप्नाले यही जुन २७ तारिख ज्याक्सन हाइटमा अवस्थित गुल्सन टेरेशमा दोश्रो बृहत आदिवासी जनजाति साँस्कृतिक साँझ कार्यक्रम गर्न लागेको हो। फिप्नाले विदेशी भूमीमा पनि नेपालको आदिवासी जनजातिको भाषा, धर्म, संस्कार, संस्कृतिर परम्पराको जगेर्ना गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जाने उद्देश्यले बृहत आदिवासी जनजाति साँस्कृतिक साँझ कार्यक्रम गर्न लागेको फिप्नाका अध्यक्ष तोरण गुरुङले जानकारी दिए। कार्यक्रममा मगर, गुरुङ, तामाङ, थारु, नेवार, राई, लिम्बु, शेर्पा लगायत १३ जातजातिका विभिन्न संस्कृति झल्कने साँस्कृतिक प्रस्तुति रहने छन्। फिप्नाले संस्थालाई आर्थिक रुपमा सबल बनाउन तथा आफ्नो साँस्कृतिक पहिचानको संरक्षण, संवद्र्धन तथा पुस्तान्तरणको लागि बृहत साँस्कृतिक साँझ कार्यक्रम गर्न लागेको फिप्नाले जनाएको छ।

फिप्नाले संघिय परिषद सदस्य संस्थाहरु, विभिन्न नेपाली संघसंस्थाहरु तथा नेपाली समुदायलाई नेपालको विभिन्न जातजातिको पहिचान झल्कने साँस्कृतिक प्रस्तुति रहने साँस्कृतिक साँझमा सहभागी भएर सहयोग गरी कार्यक्रम सफल बनाउन सहयोग गरिदिन आग्रह गरेको छ। प्रवेशको लागि ढोका ६ बजे खुल्ने छ भने कार्यक्रम साँझ ७ बजेदेखि रातको २ बजेसम्म चल्ने छ।









प्रतिक्रिया