०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

बाग्लुङ सेवा समाज अमेरिका, नर्थ क्यारोलाइनामा नयाँ नेतृत्व

बाग्लुङ सेवा समाज अमेरिका, नर्थ क्यारोलाइनामा नयाँ नेतृत्व


नर्थ क्यारोलिना। बागलुङ सेवा समाज अमेरिकाको नर्थ क्यारोलाइनामा नयाँ च्याप्टर गठन भएको गरेको छ। नर्थ क्यारोलाइनामा राम थापाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन भएको छ।
कार्य समितिमा वरिष्ठ उपाध्यक्ष डोलेन्द्र पौडेल, उपाध्यक्ष सुर्य पाठक, महासचिव हिरा देवी भट्टराई, सचिव हिरा शर्मा, कोषाध्यक्ष लक्ष्मण तिवारी, सदस्यहरू इन्दिरा सापकोटा, ज्ञानु काफ्ले, गोबिन्द क्षेत्री, अर्जुन सुवेदी र देवराज पौडेल चयन भएका छन्। 

अधिवेशनमा प्रमुख अतिथि बागलुङ सेवा समाज अमेरिकाको महाधिवेशन समायोजन समितिका अध्यक्ष गौरिश्वर शर्मा थिए। कार्यक्रममा बागलुङ सेवा समाज अमेरिकाका केन्द्रीय अध्यक्ष सकस जिसी, वरिष्ठ उपाध्यक्ष मिन खड्का, महासचिव कृष्ण सुवेदी, एनआरएनए युएसए का बोर्ड सदस्य तथा बागलुङ सेवा समाज अमेरिकाका विधान संयोजक गंगाधर आचार्य, एनआरएनए एनसीका पूर्व अध्यक्ष कुलानन्द शर्मा, एनआरएनए क्यालिफोर्निया च्याप्टरका पूर्व अध्यक्ष एकनाथ शर्मा, बागलुङ सेवा समाज भर्जिनिया च्याप्टरका अध्यक्ष लालकुवर, साथै समाजसेवी र पूर्व सल्लाहकार सागर कडेल सहभागी थिए।

कार्यक्रममा वक्ताहरूले नेपाली समुदायको उत्थानमा बागलुङ सेवा समाज अमेरिकाले पुर्‍याएको योगदान, संस्थाका उद्देश्य तथा भावी योजनाबारे विस्तृत विचार व्यक्त गरे। उनीहरुले विशेषगरी प्रवासी नेपालीहरूको हकहित, नयाँ पुस्ताको नेतृत्व विकास र सामाजिक एकताको सुदृढीकरणमा समाजले निर्वाह गर्ने भूमिकालाई जोड दिए।

नवनिर्वाचित अध्यक्ष राम थापाले समाजका सबै सदस्यप्रति आभार व्यक्त गर्दै, आपसी सहयोग र एकताको माध्यमबाट निरन्तर सेवा पुर्याउने प्रतिबद्धता जनाए। उनले भविष्यमा थप प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्दै समाजलाई नयाँ ऊर्जासँग अघि बढाउने बताए।

कार्यक्रमको संयोजन तथा समापन भूमिश्वर सापकोटाले गरेका थिए। कार्यक्रम सञ्चालन दुर्गा प्रसाद सापकोटाले गरेका थिए। समाजसेवी तथा व्यवसायी नर्थ क्यारोलाइना एनआरएनए युएस पुर्व अध्यक्ष कुलानन्द शर्मा को सक्रियता मा यो अधिवेशन भएको थियो।

प्रतिक्रिया