०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

तामाङ सोसाइटी अमेरिकाको अधिवेशन मार्च १६ मा, महासचिव योन्जनद्धारा नयाँ नेतृत्वमा दावी

र्तमान महासचिव सम्शेर योन्जनले भावी नेतृत्वको लागि आफ्नो उम्मेद्धारी घोषणा गरेका छन् । ज्याक्सन हाइटमा समुदायका अगुवाहरु सहभागी एक भेलामार्फत महासचिव योन्जनले आफ्नो कार्ययोजना र प्रतिबद्धतासहीत अध्यक्ष पदका लागि उम्मेद्धारी घोषणा गरेका हुन् ।
तामाङ सोसाइटी अमेरिकाको अधिवेशन मार्च १६ मा, महासचिव योन्जनद्धारा नयाँ नेतृत्वमा दावी


न्यू योर्क । तामाङ सोसाइटी अफ अमेरिकाको १२ औं अधिवेशन यही मार्च १६ मा न्यूयोर्कको क्वीन्समा हुने भएको छ । अधिवेशन नजिकिएसंगै सोसाइटीको भावी नेतृत्वको लागि आकाँक्षीहरुले आ आफ्नो दावी प्रस्तुत गरेका छन् । यसैक्रममा वर्तमान महासचिव सम्शेर योन्जनले भावी नेतृत्वको लागि आफ्नो उम्मेद्धारी घोषणा गरेका छन् । 
ज्याक्सन हाइटमा समुदायका अगुवाहरु सहभागी एक भेलामार्फत महासचिव योन्जनले आफ्नो कार्ययोजना र प्रतिबद्धतासहीत अध्यक्ष पदका लागि उम्मेद्धारी घोषणा गरेका हुन् । न्यूयोर्कमा तामाङ समुदायको सामुदायिक भवन निर्माणलाई प्रमुख कार्ययोजना बनााएका योन्जनले समुदायमाझ भावनात्मक एकता, पारदर्शिता र धर्म संस्कृति संरक्षण गरिने प्रतिवद्धता प्रकट गरेका छन् । 
तामाङ समुदायको संख्या अमेरिकामा तीव्र रूपमा वृद्धि भइरहेको वर्तमान अवस्थामा समुदायका सदस्यहरुमा आइपर्ने विविध समस्यामा साथदिन सोसाइटीलाई प्रभावकारी संस्थाको रुपमा विकास गरिने आफ्नो योजना रहेको उनले सुनाए । दुई वर्षे महासचिव कार्यकालमा आफुले प्राप्त गरेको अनुभवबाट संस्थालाई थप उचाईमा पुर्याउन सक्ने विश्वास आफुमा रहेको भन्दै यसकार्यका लागि आफुलाई निर्वाचित गर्न समुदायलाई आग्रह समेत गरेका छन् । 
संस्थालाई प्रविधिमैत्री बनाएर समुदायमा सूचना संप्रेसन गर्ने, समुदायका धेरै सदस्यलाई संस्थामा अवद्ध गराउदै तथ्यँकगत विवरण संकलन गर्ने, नयाँ पुस्तालाई भाषा, धर्म, संस्कृतिको पुस्तान्तरण गर्ने, विद्यार्थी, युवा र महिला लक्षित कार्यक्रमहरु संचालन गर्ने आफ्नो योजना रहेको पनि उनले बताए । निर्वाचित भए लगतै संस्थाको कार्यालय स्थापना गर्ने र आर्थिक पारदर्शिता कायम गर्दै संस्थाप्रति समुदायमा रहेको नैरश्यतालाई अन्त्य गर्न प्रयास गरिने अध्यक्षका उम्मेद्धार योन्जनले बताए । 
समुदायका नयाँ पुस्ताले भाषा, संस्कृति र परम्परा विर्सदै जानु ठूलो चुनौति रहेको भन्दै समुदाय र विज्ञहरुसंगको छलफलका आधारमा यस्ता चुनौतिको सामाना गर्न कार्यक्रमहरु संचालन गरिने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । 
भेलामा सहभागी समुदायका अगुवाहरुले तामाङ समुदायको साँस्कृतिक भवन निर्माण गर्नु अहिलेको प्रमुख काम भएको भन्दै भावी नेतृत्वले त्यसमा मुख्य ध्यान दिनु पर्ने सुझाब दिएका थिए । भवन निर्माणको लागि कार्ययोजनासहीत प्रस्तुत हुने उम्मेद्धारलाई सहयोग गर्न तयार रहेको पनि उनीहरुले बताएका थिए।
यसैवीच सोसाइटीका वर्तमान उपाध्यक्ष तुल बहादुर तामाङले पनि संस्थाको भावी नेतृत्वको लागि उम्मेद्धारी घोषणा गरेका छन् । समुदायका अगुवाहरुको उपस्थितिमा भएको एक छलफल कार्यक्रममार्फत उनले सोसाइटीको भावी अध्यक्षको लागि उम्मेद्धारी घोषणा गरेका हुन् ।  

प्रतिक्रिया