०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

किरण शर्मा पौडेलसँग बागलुङ सेवा समाजको अन्तरक्रिया

किरण शर्मा पौडेलसँग बागलुङ सेवा समाजको अन्तरक्रिया

न्यू योर्क। बागलुङ सेवा समाज अमेरिकाले नेपालको गण्डकी प्रदेश बागलुङका प्रतिनिधि तथा नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति सदस्य किरण शर्मा पौडेलसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।  समाजले डिसेम्बर ३०, २०२४ नेपाल बागलुङ जिल्लाका समसामयिक विषयमा केन्द्रीत विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेको जनाएको छ।

कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष सकस जिसीले गरेका थिए। प्रमुख अतिथि पौडेलले अमेरिकामा रहेका बागलुङबासीहरूले हासिल गरेका सीप दक्षता आफ्नो जिल्लाको विकासमा उपयोग गर्नुपर्ने धारणा व्यक्त गरे। उनले नेपालको विकासमा प्रवासी नेपालीहरूले महत्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गर्दै गैर आवासीय नेपाली नागरिकताको मुद्दा हालको नेपाली काङ्ग्रेस नेकपा एमालेको संयुक्त सरकार छलफल गरी समाधान गराउने प्रतिबद्धता व्यक्त गरे। 

उनले जनसम्पर्क समितिको अधिवेशन छिट्टै सम्पन्न गर्ने आश्वासन पनि दिए। कार्यक्रममा बागलुङ सेवा समाज अमेरिकाकी महिला संयोजक चमेली खातीले स्वागत मन्तव्य दिइन्। उनले प्रवासी नेपालीहरूको एकता योगदानको महत्त्वबारे प्रकाश पार्दै नेपालको माया शीर्षकको कविता वाचन गरिन्।

अन्तरक्रिया कार्यक्रम सञ्चालन समाजका महासचिव कृष्ण राज सुवेदी  गरे। कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्ट, बलेवा समाज अमेरिकाका अध्यक्ष प्रदीप कुमार खत्री, नेपालको शिक्षा क्षेत्रमा लामो योगदान दिएका व्यक्तित्व राम चन्द्र अधिकारी, गैरआवासीय नेपाली सङ्घ अमेरिका (एनआरएनए) का पूर्व पदाधिकारी कृष्ण पोख्रेल एनआरएनए न्यू योर्ककी महिला उपाध्यक्ष लक्ष्मी थापा, नेप्लिज इन्फोर्समेन्ट एशोसियसनका अध्यक्ष सोनाम घिसिङ लगायतका वक्ताहरूले आफ्नो बिचार राख्दै शुभकामना दिए। 

कार्यक्रममा बागलुङ सेवा समाज अमेरिकाका सदस्य, बागलुङमा जन्मिएर अमेरिकालाई कर्मथलो बनाएका व्यक्तिहरू, साथै अन्य सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता थियो। कार्यक्रमको समापन समाजका अध्यक्ष घर्ती क्षेत्रीले गरेका थिए। अन्तरक्रिया कार्यक्रमको मुख्य उद्देश्य नेपाल बागलुङ जिल्लाका सामाजिक, आर्थिक, विकासका मुद्दाहरूमा गहन छलफलका साथै बागलुङ्गेहरु बिच आपसी भाइचारा भेटघाट थियो। 

 

प्रतिक्रिया