न्यूयोर्क । माओत्से गुरुङद्वारा निर्देशित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ न्यूयोर्कमा दर्शकले रुचाएका छन् । चलचित्र हेरेपछि दर्शकहरुले खुब प्रशंसा गरेका छन् । न्यूयोर्कको ज्याकसन हाइट्समा आइतबार र सोमबार दुइवटा सो प्रदर्शन भएकोमा दुबै सोहरुमा दर्शकको भीड लागेका थिए । पहिलो प्रदर्शनमै चलचित्र हाउसफुल हुनुका साथै दर्शकहरूको उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रियाले अमेरिकाको अन्य शहरहरुमा हुने प्रदर्शन पनि सफल हुने विश्वास आयोजकले लिएको छ । चलचित्र प्रदर्शनपछि दर्शकहरूले चलचित्रको कथा, प्रस्तुति, अभिनय तथा समसामयिक विषयवस्तुको खुलेर प्रशंसा गरेका छन्। ‘पेन्सन पट्टा’ हेरेपछि न्यूयोर्कका दर्शकहरूको अनुभव र प्रतिक्रिया सुनौँ।





प्रतिक्रिया