काठमाडौँ — गायक योगेश्वर अमात्य नयाँ गीतको भिडियो ‘कुनै दिन’ मार्फत् १२ वर्षपछि सांगीतिक क्षेत्रमा फर्किएका छन् । अमात्यले आफ्नै युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरेका हुन्।
सरोज बाँस्तोलाको शब्द रहेको उक्त गीतलाई २०५१ सालमा यसका संगीतकार ओमविक्रम विष्टले आफ्नै गायनमा रेकर्ड गराएका थिए । तर, सार्वजनिक हुन नपाएको उक्त गीतलाई रि–एरेन्ज गरी योगेश्वरले आफ्नै गायनमा रेकर्ड गराई ल्याएका हुन् ।
भिडियोलाई सुव्रत आचार्यले निर्देशन गरेका हुन् भने प्रवीण खतिवडा, करुणा श्रेष्ठ र विकास लामिछानेले अभिनय गरेका छन् । अमात्यका ‘जब सन्ध्या हुन्छ,’ ‘लैजा चरी,’ ‘सिन्धुली गढी,’ ‘म मरे पनि मेरो देश,’ ‘मलाई प्यारो लाग्छ’ जस्ता गीतहरू लोकप्रिय छन् ।
स्रोतः https://ekantipur.com/entertainment/2024/09/09/yogeshwar-returned-after-12-years-29-15.html
प्रतिक्रिया